पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण ७ गते २०८२ मा प्रकाशित


पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ

पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ

पोखरा, ७ साउन/ पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । पोखरा–१४ चाउथेमा गत असोज १३ गते साँझ साढे ५ बजे जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतक नवजात शिशुका बुबा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा निवासी ३७ वर्षिय गोविन्द लामिछाने रहेका छन् ।

पुनः सन्तान लाभका लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएका बेला उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । श्रीमतीको उपचारका लागि साउन ४ गते अस्पताल ल्याएका बेला गत असोजमा नवजात शिशुको हत्या गर्ने लामिछाने नै भएको पहिचान भएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

अनुसन्धानमा लामिछानेले नै शिशुको हत्या गरेको पाइएपनि फरार रहेका थिए । तर अहिले अस्पताल आएका बेला पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । त्यसबेला फलाटिनको कपडा र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको अवस्थामा चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा नवजात शिशु फेला परेको थियो ।

शवको पोष्टमार्टममा शिशुको घाँटीमा चोटका कारण मृत्यु भएको प्रारम्भिक प्रतिवेदन आएपछि प्रहरीले अनुसन्धान गर्दा नवजात शिुशुको बुबाले नै हत्या गरेको प्रतिवेदन तयार भएको थियो ।

प्रहरीले लामिछानेलाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।