समाचार

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा
पोखरा, २४ जेठ/ पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु… पुरा पढौ

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित
पोखरा, २२ जेठ/ टेवानको चौथो अधिवेशनबाट शोभा न्यौपाने पाण्डे सर्वसम्मत् निर्वाचित भएकी छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे होटल एड्मायरकी संचालक हुन् । निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्ष शारदा लम्साल चयन भए । वरिष्ठ सदस्यमा कमला गुरुङ छन् भने सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की सर्वसम्मत् चयन भए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । निर्वाचन समिति… पुरा पढौ

हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट तुलाचन र गुरूङ पुरस्कृत

हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट तुलाचन र गुरूङ पुरस्कृत
पोखरा, २२ जेठ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लगानीका लागि रातो कार्पेट ओेछ्याएर निजी क्षेत्रको स्वागत गर्नुपर्ने बताए । उनले नीजि क्षेत्रले कर छलि गर्न नसक्ने गरी कानुन बनाउनु पर्ने, श्रमशोषण गर्न नसक्ने र उपभोक्तालाई बढि मुल्य लिन नपाइने गरी सरकारले व्यवस्था गनुपर्ने बताए । बिहीबार पर्यटन व्यवसायी महिला संघ नेपालको सातौं साधारण सभा तथा चौथो साधारणसभा पाण्डेले होटलको मापदण्ड बनाउने देखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागि परेको बताए । उनले सातै प्रदेशमा पर्यटन… पुरा पढौ

तनहुँमा दुर्घटना हुदाँ कास्कीका सरोजको मृत्यु

दुर्घटना
पोखरा, २२ जेठ/ सडक दुर्घटनामा परी कास्कीको माछापुच्छ«े गाउँपालिका ४, लाहाचोकका २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । बुधबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका १, गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थर्पुबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा परी घाइते पौडेललाई प्रदेश अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमाल (नर्थ)मा पर्यंटकीय सम्भावनाको खोजी

अन्नपूर्ण प्रथम हिमाल (नर्थ)मा पर्यंटकीय सम्भावनाको खोजी
पोखरा, २१ जेठ/ ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो । नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको… पुरा पढौ

पोखरामा पर्यटक बसमा ढुङ्गा हानेर फरार तीन जना पक्राउ

पोखरामा पर्यटक बसमा ढुङ्गा हानेर फरार तीन जना पक्राउ
पोखरा, २० जेठ/ प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेमा पर्यटक बसलाई ढुङ्गा हानेर फरार रहेका ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर (बस चालक), बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सहचालक) र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा… पुरा पढौ

गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन, यातायात व्यावसायीको आन्दोलन फिर्ता

पोखरामा अलपत्र परेकालाइ स्कटिङ गरी पठाइयो
पोखरा, २० जेठ/ गण्डकी प्रदेश सरकारले जारी गरेको गण्डकी प्रदेश राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली १ महिनालाई स्थगन भएको छ । स्थगन भए सँगै यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ । सार्वजनिक यातायात बचाउको लागी संयुक्त संघर्ष समिति सचिब योगेन्द्र केसीले गण्डकी प्रदेश सरकारल हाललाई राइड शेयरिङ नियमावली स्थान गरे सँगै आन्दोलन फिर्ता लिएको बताए । उनले गण्डकी प्रदेश सरकारले एक महिनाका लागि स्थगन गरेको त्यस अवधीमा वार्ता र सम्बाद गर्न बताए । प्रधाननमन्त्री कार्यालयबाट स्थगन गर्न अनुरोध भइ… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत
पोखरा, २० जेठ/ ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत भएका छन् । अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा पराजुलीलाई नगद सहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन वोर्डका सदस्य ऋषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले पुरस्कार प्रदान गरे । उनी नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत छन् । पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र रहेको… पुरा पढौ

फेवाताल सिमाङ्कनबारे पोखरा पर्यटन परिषदको विमती

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, २० जेठ/ फेवातालको सिमाङ्कन भन्दै बिना योजना पोल गाड्न थालेकोप्रति पोखरा पर्यटन परिषदले आपत्ति जनाएको छ । परिषदले सोमबार पत्रकार सम्मेलन गरेर सिमाङ्कनको दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्ने काम गर्न ध्यानाकर्षण गराएको हो । परिषदले बिना योजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटनको केन्द्र लेकसाईड मासिने खतरा रहेकोप्रति सचेत गराएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न शुरु गरेको छ । सहजीकरण समितिका संयोजकसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा… पुरा पढौ

यातायात व्यवसायीको बन्द फिर्ता लिन सहमत

बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन संघ सस्थाको आग्रह
पोखरा, २० जेठ/ यातायात व्यवसायीले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि व्यवसायीहरु चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् । सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा यो सहमति भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले… पुरा पढौ

This will close in 10 seconds