अन्नपुर्ण केवलकारलाई श्रम कार्यालय पोखराबाट गण्डकी प्रदेशको उत्कृष्टताको प्रशंसा पत्र

-


     क्लिक गण्डकी     
     श्रावण १९ गते २०८२ मा प्रकाशित


अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराबाट गण्डकी प्रदेशको उत्कृष्टताको प्रशंसा पत्र

अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराबाट गण्डकी प्रदेशको उत्कृष्टताको प्रशंसा पत्र

पोखरा, १७ साउन/ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यबस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले अन्नपुर्ण केवलकार लिमिटेडलाई प्रशंसा पत्र प्रदान गर्दै हालै सम्मान गरेको हो ।

गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय प्रतिष्ठान र उद्योगहरुको आर्थिक बर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपुर्ण केवलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट देखिएको कार्यालयले प्रदान गरेको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

श्रम कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, कारखाना निरीक्षक इश्वरमणि भण्डारी लगायतले उक्त प्रशंसा पत्र अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

यसअघि पनि श्रम सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन प्रवद्र्धनका लागि देशभरका प्रतिष्ठानहरुलाई श्रम कार्यालयले प्रशंसा पत्र प्रदान गर्दै आएको छ । अन्नपुर्ण केवलकारलाई यसपालि गण्डकी प्रदेशमा उत्कृष्ट मानिएको कार्यालयले जनाएको छ ।

२०७९ देखि पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा व्यवसायिक रुपमा केवलकार सेवा सुरु गरेको थियो । सेदीबगरदेखि सराङकोटसम्म २ किलोमिटर २ सय मिटरको उक्त दुरी पार गर्न १० मिनेट लाग्ने छ ।

अन्नपूर्ण केवलकारबाट फेवाताल, ताल बराही र सिंगो पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने सराङकोटबाट सूर्योदय तथा सूर्यास्तको लागि पनि केवलकार प्रयोग हुने गरेको छ ।

छोटो अवधिमै हजारौं यात्रुहरुलाई दृश्यावलोकन र मनोरञ्जन सहित सन्तुष्ट बनाउन सफल भएको जनरल म्यानेजर पौडेलले बताउनु भयो । त्यसै गरी ५१ फिट अग्लो गणेशको मुर्ति दर्शनको लागि हरेक मंगलबार नेपालीलाई २० प्रतिशत छुट, सराङकोट धाममा हरेक सोमबार महाआरती हुने हुँदा साँझ ४ बजे देखि यात्रुहरुको लागि २ सय ५० रुपैयामा केवलकारको यात्रा हुने भएको छ ।



Tags: