बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा बुद्धिबहादुर कुँवर

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८२ मा प्रकाशित


बुद्धिबहादुर कुँवर

बुद्धिबहादुर कुँवर

पोखरा, १७ साउन/ बुद्ध विशाल वजार व्यापारिक एसोसियसन पोखराको अध्यक्षमा बुद्धिबहादुर कुँवर चयन भएका छन् ।

एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । सदस्यमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सन्जय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ रहेको छन् ।

अध्यक्ष चयन भएपछि कुँवरले संस्थाको व्यावसायिक हकहितका काम गर्ने बताए । उनले संस्थाको छवि झन् उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।

तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०% अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ ।



Tags: ,