पोखरा, १७ साउन/ बुद्ध विशाल वजार व्यापारिक एसोसियसन पोखराको अध्यक्षमा बुद्धिबहादुर कुँवर चयन भएका छन् । एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । सदस्यमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सन्जय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ रहेको छन् । अध्यक्ष चयन भएपछि कुँवरले संस्थाको व्यावसायिक हकहितका काम गर्ने बताए ।…
पुरा पढौ