
वृद्धलाई ठक्कर दिएपछि कार बिजुलीको पोलमा ठोक्कियो
काठमाडौं, १९ साउन/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ छहारी नजिकै कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको छ ।
सोमबार बिहान बा १९ च ७७२४ नम्बरको कार अनियन्त्रित भएर सडक छेउमा बिजुलीको पोलमा ठोक्किएको हो । कारले सडक पेटीमा हिँडिरहेकी वृद्धालाई ठक्कर दिए पछि पोलमा ठोकिएको हो ।
कारको ठक्करबाट वृद्ध गम्भीर घाइते छन् । उनलाई उपचारका लागि मेडिकल कलेज लगिएको छ । कारको टायर पञ्चर भएपछि अनियन्त्रित भएको प्रहरीले बताएको छ ।





