पोखराबाट ७६ लाख नगद सहित ३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०८२ मा प्रकाशित


पोखराबाट ७६ लाख नगद सहित ३ जना पक्राउ

पोखराबाट ७६ लाख नगद सहित ३ जना पक्राउ

पोखरा, ११ साउन/ करिब ७६ लाख नगद सहित पोखराबाट ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले बिदेशी मुद्राको अबैध कारोबारमा संलग्न उनीहरु पक्राउ गरेका जानकारी दिएको छ ।

उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको आइतबार पत्रकार सम्मेलन गरी कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

शनिबार साँझ ५ बजे प्रहरीमा सूचना आएपछि छापा हानेको हो । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर न।पा। १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन् ।

उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको ओलियाले जानकारी दिए ।

राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ ।

सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए ।