होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बिच सीप आदन प्रदान गर्न सहकार्य गर्न सम्झौता

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०८२ मा प्रकाशित


होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बिच सीप आदन प्रदान गर्न सहकार्य गर्न सम्झौता

होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बिच सीप आदन प्रदान गर्न सहकार्य गर्न सम्झौता

पोखरा, १३ साउन/ नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्च बिच सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुई संस्थाबीच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउन हस्ताक्षर भएको हो । कलेजका प्राचार्य प्रकाश रेग्मी र मञ्चका अध्यक्ष समेज राजभण्डारीले सम्भौतामा हस्ताक्षर गरे ।

सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी न्यूनीकरण गरी व्यवहारिक ज्ञान र व्यवसायिक अवसरहरूलाई एकीकृत गर्ने प्रयासमा यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सहमतिपत्र अन्तर्गत विद्यार्थीहरूका लागि इन्टर्नसिप र रोजगारीका अवसरहरू सिर्जना गरिने, स्रोत र अनुभवको साझा प्रयोगबाट शैक्षिक गुणस्तरमा अभिवृद्धि गरिनेछ। उद्योग भ्रमण, कार्यशाला, अतिथि व्याख्यान, तथा ज्ञानमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

कार्यक्रममा मञ्चका अध्यक्ष समेज राजभण्डारीले साझेदारीले पर्यटन तथा आतिथ्य सेवा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने उल्लेख गर्दै व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्न रोजगार मेला आयोजना गरिने बताए । उनले नवप्रवर्तन र युवा सशक्तिकरणप्रति मञ्च प्रतिबद्ध रहेको बताए ।

यस समझदारीपत्रले शैक्षिक संस्था र उद्यमशीलता बीचको दूरीलाई नजिक ल्याउने मात्र नभई, युवापुस्तालाई उद्यमशील सोच र व्यवहारिक सीपमा सशक्त बनाउने दीर्घकालीन योगदान पुर्‍याउने बताए ।

संस्थागत विश्वास, आपसी सम्मान, र पारदर्शी सहकार्यका आधारमा अघि बढाइएको यो साझेदारी भविष्यमा थप प्रेरणादायी अभ्यासको उदाहरण बन्नेमा दुवै पक्ष आशावादी छन्।