हायू परिवार पोखरामा फेला, गाडी रिजर्भ गरेर पोखरा

-


     क्लिक गण्डकी     
     श्रावण १३ गते २०८२ मा प्रकाशित


हायू परिवारका सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा

हायू परिवारका सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा

पोखरा, ११ साउन/ सिन्धुलीबाट हराएका भनिएका हायू परिवारका १५ सदस्यलाई पोखरा ३० गगनगौंडामा फेला पारिएको छ ।
केही दिनदेखि हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला परेका हुन् ।

उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएको कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले बताए ।

उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएका थिए । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिन अघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएका थिए । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो ।

यी हुन् हायू परिवारका १५ जना

१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)