
टुँडिखेल तीज महोत्सव भदौ ६ गते देखि
पोखरा, ११ साउन/ हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो ।
आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दृर्गाप्रसाद अधिकारीले जानकारी दिए ।
महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा आयोजक संस्थाका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक अधिकारीले ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने उदेश्य महोत्सवको रहेको बताए ।
सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने उदेश्य समेत महोत्सवको रहेको अधिकारीले जानकारी दिए ।
१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।
आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।
शनिबार सम्पन्न महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठकमा संविधान सभा सदस्य सारदा पौडेल, पोखरा १ का वडा अध्यक्ष सहारा प्रधान, गायिक बाबा राणा, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, केन्द्रका पुर्व अध्यक्ष रामभुषण पराजुली, सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रश सोसाईटी पोखरा १ की सभापती जिवन अधिकारी लगायतले महोत्सव मार्फत लोक सस्कृतिको संरक्षण, ऐतिहासिक टँुडिखेलको संरक्षण र यस्को पहिचान झल्काउन, भड्किलो बन्दै गईरहेको तीजलाई रोक्नका लागि सचेतना अभिबृद्धि गर्ने, तीज गित मार्फत समाजमा जनचेतना फैलाउने, परम्परागत र मौलिक कुराहरुको संरक्षण गर्ने गरि महोत्सव संचालन गर्न आयोजकलाई सुझाव दिएका थिए ।







