
एसएसपीमा बढुवा भएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा
पोखरा, २२ साउन/ वरिष्ठ उपरीक्षक (एसएसपी) को फुली लाएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको छ ।
गृहमन्त्रालयले दुई जना एसएसपीको सरुवा र ११ जनाको पदस्थापनको निर्णयमा एसएसपी कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको हो । कार्की सँगै एसएसपीको फुली लाएका केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
उनीहरुसंगै बढुवा भएका एसएसपी प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ । प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय र दयानिधि ज्ञवालीलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभाग सरुवा भएको छ ।
प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले एसएसपीमा बढुवा भएका ११ जनासहित विभिन्न पदमा बढुवा भएका ३५ जनालाई फुली लगाइदिएका थिए ।
एसपीमा बढुवा भएकाहरुमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।





