पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीमा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ माझकोट घर भइ पोखरा–३० खुदी बस्ने ३५ वर्षीय खेमबहादुर गुरुङ र रूपा–४ माउडाँडा घर भई खुदी बस्ने ३३ वर्षीय जीवन मल्ल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका खेमको गण्डकी मेडिकल कलेज र जीवनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका खुदी बस्ने ३० वर्षीय उमेश ठकुरीको काठमाडौंमा उपचार भइरहेको छ । शिशुवा–सातमुहाने भित्री सडकखण्ड अन्तर्गत तावाको मुखबाट शिशुवातर्फ आउँदै गरेको ग७प ८८५० नम्बरको मोटरसाइकल ग८प ३८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।



Tags: