ट्होंटे पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८२ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २६ साउन/ गुरुङ समुदायको सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनीक बिदा दिएका छन् ।

तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गरेर पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जनाएका छन् । उनीहरुले स्थानीय पालिकाले दिने बिदाबाट कट्टी हुने गरी सार्वजनी विदा दिएका हुन् ।

गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहने सूचनामा उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलद्वारा जारी सूचनामा ‘आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा बिदा दिइएको जनाएको छ ।



Tags: