
कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन मयेर धनराज आचार्यको निर्देशन
पोखरा, २५ साउन/ कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन दिएका छन् ।
पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिए ।
महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई पनि सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न उनले निर्देशन दिए । कतिपय आलोचनाहरूका बिचबाट पनि नागरिक सेवालाई चुस्त र गुनासो रहित बनाउनुको विकल्प नरहेको उनको भनाई थियो ।
आफ्ना कार्यालयहरू मार्फत सञ्चालित विकास आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने, प्रशासनिक सेवालाई चुस्त बनाउने, गुनासो रहित पारदर्शी सेवामा जोड दिने, प्राप्त उपलब्धिहरूको अभिलेखलाई व्यवस्थित गर्ने कार्यमा ध्यान दिन उनको निर्देशन थियो ।





