
पोखरा, ६ भदौ/ गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको रिभानमा (१५१ मिलिमिटर) परेको छ । १०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने धेरै भारी पानी परेको भनिन्छ । रुकुम पश्चिम, रुपन्देही, पाल्पा, नवलपुर, लमजुङ, गोरखा र सिन्धुपाल्चोकमा धेरै भारी पानी परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरणले कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका भूभागहरुका हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा भएको थियो । देशभरिका १७ ठाउँमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको छ ।
रूकुम पूर्वको बाफीकोटमा १४६.८ मिलमिटर, रूपन्देहीको लुम्बिनीमा १४१.८ मिलिमिटर, कास्कीको यमजाकोटमा १३१.१ मिलिमिटर, घलेखर्कमा १२९ मिलिमिटर, लुम्लेमा १०२.८ मिलिमिटर, पोखरामा १०५.२ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै लमजुङको भूजुङमा ११०.८ मिलिमिटर, गोरखाको बारपाकमा १०३.४ मिलिमिटर, सिन्धुपाल्चोकको बोल्डेमा १०५.२ मिलिमिटर, पाल्पाको जाल्पामा ११५.६ मिलिमिटर, हात्तीलुङमा ११६.६ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११२.४ मिलिमिटर, नवलपरासी पश्चिमको देउराली नवलमा १०२ मिलिमिटर, नवलपरासीको परासीमा १००.२ मिलिमिटर, भैरहवामा १०३.२ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै धेरै ठाउँहरूमा ५० मिलिमिटरभन्दा बढी एक सय मिलिमिटरभन्दा कम वर्षा मापन भएको छ। कोशीका एक÷दुई स्थान, बागमतीका केही ठाउँ तथा गण्डकी र लुम्बिनीका अधिकांश ठाउँहरुमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ।





