
हत्गढी
अर्घाखाँची, १७ भदौ/ श्रीमानले श्रीमतीको हत्या गरेर शव भान्छा कोठामा पुरेका छन् । ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको शव भान्छा कोठामा पुरिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
हत्याको आरोपमा छत्रदेव गाउँपालिका–४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको जनाएको छ ।







