
पोखरा, १५ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २ बाग्लुङ बसपार्क स्थितमा रहेका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैतिक गतिविधि गरेको आरोपमा १९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २ बाग्लुङ बसपार्कमा रहेका खाजा घरहरूमा लागू औषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न १९ जना खाजाघर संचालकहरूलाई पक्राउ जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा पोखरा २ बाग्लुङ बसपार्क स्थित कुमारी खाजा घर संचालन गरी बस्ने प्रकाश गुरुङ, बिमला मगर खाजा घर संचालन गरी बस्ने बिमला मगर, सफल सचिन खाजा घर संचालन गरी बस्ने मनदेवी घर्ती, बेल कुमारी खाजा घर संचालन गरी बस्ने बेल कुमारी रानाभाट, सिमा सुकुटी हाउस संचालन गरी बस्ने मिना कुमारी गुरुङ, सरिता खाजा घर संचालन गरी बस्ने सरिता परियार, मिना खाजा घर संचालन गरी बस्ने मिना सिर्पाली रहेका छन्।
त्यसै गरी नाम नभएको खाजाघर संचालन गरी बस्ने निरु तामाङ, मनिसा खाजा घर संचालन गरी बस्ने राधिका नेपाली, सृष्टि खाजा घर संचालन गरी बस्ने टिका माया तामाङ, जेनिसा रेष्टुरेन्ट संचालन गरी बस्ने विष्णु किसान, आरभ खाजा घर संचालन गरी बस्ने आशा मगर, गिभिर खाजा घर संचालन गरी बस्ने माया कार्की, नाम नभएको खाजाघर संचालन गरी बस्ने मन कुमारी किसान, हिम फ्रेस खाजा घर संचालन गरी बस्ने मञ्जु लामा, दिपक खाजा घर संचालन गरी बस्ने लक्ष्मी बिक, पोख्रेली कान्छी खाजा घर संचालन गरी बस्ने आशा तामाङ, बाग्लुङ कालिका खाजा घर संचालन गरी बस्ने सुवास दर्जी र अञ्जु मञ्जु खाजा घर संचालन गरी बस्ने सिता परियारलाई पक्राउ गरेको छ ।





