समाचार

राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारले व्यवसायीलाई वार्ता बोलो, व्यवसायी द्धारा व्यवास्था

राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारले व्यवसायीलाई वार्ता बोलो, व्यवसायी द्धारा व्यवास्था
पोखरा, १८ जेठ/ सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि आन्दोलनमा उत्रिएका व्यवसायीलाई वार्तामा बोलाएपनि व्यवास्था गरेका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै व्यवसायीलाई वार्तामा बोलाए पनि नआएको जानकारी दिएको छ । सर्वसाधारणलाई यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवासायी वार्ता नआएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले बताए । उनले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली सम्शोधन हुन सक्ने तर खारेज नहुने बताए ।सरकारले… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा
पोखरा, १८ जेठ/ ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ । पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ… पुरा पढौ

पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ

पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ
पोखरा, १७ जेठ/ पोखराका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर स्थायी घर भई नवलपरासी कावासेती नगरपालिका ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका १३ स्थायी घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने वर्ष ३२ को टिकाराम विक रहेका छन् । जेठ १३ गते रातको समयमा पोखरा महानगरपालिका १३ माटेपानीमा चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले… पुरा पढौ

पोखरामा स्कुटरको ठक्करले विष्णुको ज्यान गयो, ठक्कर दिएर भाग्ने स्कुटर चालक पक्राउ

पोखरामा विष्णुलाई ठक्कर दिई ज्यान दिएर भाग्ने स्कुटर चालक पक्राउ
पोखरा, १७ जेठ/ जेठ १२ गते रातको समयमा १०ः५० बजे एक स्कुटरले पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा ठक्कर दिने स्कुटर चालकलाइ प्रहरीले पक्राउ गरेको छ । ठक्करबाट कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका यौनिक अल्पसंख्यक व्यक्ति ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी घाइते भएका थिए । तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको हो । ‘हिट एण्ड रन’ केसमा संलग्न… पुरा पढौ

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, १७ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थालेको छ । फेवातालबारे सर्वोच्चले २०८० असार ४ गते नेपाल सरकार,… पुरा पढौ

फेवातालको सिमानामा शनिबार देखी पोल गाड्ने

फेवातालको सिमानामा शनिबार देखी पोल गाड्ने
पोखरा, १६ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थाल्ने भएको छ । फेवातालको डिजिटल रूपमा गाडिएको पोलको बाहिर तीनै… पुरा पढौ

पोखरामा पौडी खेल्दा बेपत्ता दुई बालकको शव फेला

पोखरा, १५ जेठ/ पोखरा २५ हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई बालकको शव फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको हो । बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बललको गोताखोरले निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नम्बर–२४ कालिका गण मालेपाटनबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले शव निलेको हो । पुरा पढौ

पोखरामा ४५ दिने चिनिया भाषा तालिम

पोखरामा ४५ दिने चिनिया भाषा तालिम
पोखरा, १५ जेठ / नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।… पुरा पढौ

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार पराजुलीलाई

रोहितराज पराजुली
पोखरा, १४ जेठ / यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने… पुरा पढौ

पोखराको फेवातालमा जेठ १८ मा डुंगा दौड प्रतियोगिता हुँदै

पोखराको फेवातालमा जेठ १८ मा डुंगा दौड प्रतियोगिता हुँदै
पोखरा, १४ जेठ/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेठ १८ गते प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन… पुरा पढौ