
७० औं प्रहरी दिवस–२०८२, कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार
पोखरा, ३१ असोज/ ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत दुई प्रहरी अधिकृत विशेष सम्मानका साथ पुरस्कृत भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट “उत्कृष्ट प्रहरी कार्य” विधामा प्रहरी नायव उपरीक्षक डीएसपी हरी बहादुर बस्नेतलाई पुरस्कृत गरेको छ । उनको पेशागत प्रतिबद्धता, कार्यकुशलता र अनुकरणीय सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।
त्यसैगरी, प्रहरी वरिष्ठ नायव निरीक्षक ९सइ० किसान केसीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन गर्दै नगद पुरस्कार द्वारा सम्मानित गरेको छ ।





