
पोखरामा विवाद भएपछि साथीको हःत्या, एक जना पक्राउ
पोखरा, ८ कात्तिक/ पोखरा–५ पस्र्याङमा शनिबार बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा–५ पस्र्याङका स्थानीय किशोर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुली माथि चक्कु प्रहार गरेका थिए । पराजुलीलाई पछाडीबाट चक्कु प्रहार भएको थियो ।
प्रहरीले आक्रमण गरेपछि किशोर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिए । हत्या भएका अनिल पराजुली र पक्राउ परेका किशोर तिमिल्सिना साथी हुन् ।
पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।







