समाचार

पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ

पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ
पोखरा, ७ साउन/ पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । पोखरा–१४ चाउथेमा गत असोज १३ गते साँझ साढे ५ बजे जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक नवजात शिशुका बुबा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा निवासी ३७ वर्षिय गोविन्द लामिछाने रहेका छन् । पुनः सन्तान लाभका लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएका बेला उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।… पुरा पढौ

लोक संस्कृति जर्गेनाका लागि पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री

लोक संस्कृति जर्गेनाका लागि पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री
लेखनाथ, ५ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली… पुरा पढौ

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई
पोखरा, ४ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले नयाँ वर्षको अवसरमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर समिता मल्लले जितेकी छन् । उनले स्याङजामा रहेको डोको मार्टका लागि सामाग्री खरिद गर्ने गरेको बताइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लक्की ड्र तान्दा ३१७८२ नम्बरको मल्लको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ… पुरा पढौ

पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा

पोखरामा बाढी पहिलो ठाउँ ठाउँमा क्षेती, एक घर पहिरोमा एक बाढीमा
पोखरा, ४ साउन/ पोखरामा अविरल वर्षाका कारण खोलाको बहाव बढेर पर्खाल भत्किँदा पोखरामा घरमै बाढी पसेको छ । शनिबार रातिदेखि परेको पानीले पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको बहाव बढ्दा काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदोसहितको बाढी पसेको हो । एउटा घर खोलाले कटान गरेको छ । ढल्के पुलकी स्थानीय ५१ वर्षीय दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा १६,… पुरा पढौ

पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखिममा, बस्तीमा बाढी

वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी
पोखरा, ४ साउन/ अविरल वर्षाका कारण पोखरा १३ काहुखोला बाधँ फुट्दा क्षेती भएको छ । काहुँ खोलाको बाधँ फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरि क्षेत्रका घर टहरा क्षेती पुगेको हो । दुई घर जोखिममा परेका छन् । पोखरा १३ वडा अध्यक्ष किरण बरालले बाधँ फुटेपछि दुई तिर बग्नुपर्ने पानी एकका तिर मात्रै बग्दा क्षेती भएको बताए । उनले राती ३ बजे देखी नै डोजर सहित शसस्त्र प्रहरीको टोली क्षेती कम गर्न लागेको बताए । रातीबाट नै हामी यही छौं, मानवीय… पुरा पढौ

कास्कीमा भारी वर्षा, बाढी पहिरोको जोखिम

कास्कीमा भारी वर्षा, बाढीपहिरोको जोखिम
पोखरा, ४ साउन/ कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “साउन ०४ गते, बिहान ०५ः०५ बजे । पछिल्लो एक घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक… पुरा पढौ

होटल बाराहीको रक्तदानमा ५६ रक्तदाताले रक्तदान गरे

होटल बाराहीको रक्तदानमा ५६ रक्तदाताले रक्तदान गरे
पोखरा, ३ साउन/ होटल बाराही पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको अग्रणी आतिथ्य ब्रान्डहरू मध्ये होटल बाराहीे रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा होटल बाराहीका कर्मचारीहरू, प्रबन्धकहरू, सशस्त्र प्रहरी बलका कर्मचारीहरू, ट्राभल एजेन्टहरू र स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता जनाएका थिए । रक्तदान गर्दै मानवता र जीवन बचाउने सेवाको प्रेरणादायी बन्न पाएकोमा उत्साहीत भएा थिए । सामाजिक कार्यप्रति प्रतिबद्धता जनाउदै रक्तदान कार्यक्रमलाई होटल बाराहीले अघिल्लो वर्षमा पनि आयोजना गर्ने… पुरा पढौ

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा
पोखरा, ३ साउन/ चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी… पुरा पढौ

केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव
पोखरा, २ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पोखराका पर्यटन व्यवसायीहरूले मुस्ताङको कोरला नाका खोल्न पहल गर्न सुझाब दिएका छन् । हाल केरुङ नाका बाढीका कारण बन्द छ । यो बेलामा कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण रूपमा खुलाउने विषयलाई प्राथमिकतामा राख्न पाण्डेलाई आग्रह गरे । मुख्यमन्त्री पाण्डेले साउन ६ देखी लासाको भ्रमणमा जार्दै छन् । कोरला नाका सञ्चालनले गण्डकी प्रदेशको पर्यटन र समग्र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ । शुक्रबार ज्ञापनपत्र बुझाएर परिषद्ले… पुरा पढौ

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
पोखरा, १ साउन/ पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित पुरस्कारद्धारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन् । कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुुभव भएको बताए । सांस्कुतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश… पुरा पढौ