समाचार

पोखरा १२ ले बनायो प्राचीन शैलीको प्रवेशद्वार, बगैंचा र फल्चा

पोखरा १२ ले बनायो प्राचीन शैलीको प्रवेशद्वार, बगैंचा र फल्चा
पोखरा, १६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालय परिसरमा निर्माण गरिएका विभिन्न संरचनाहरूको उद्घाटन गरिएको छ । परम्परागत शैलीमा निमार्ण भएको प्रवेशद्वार, फल्चा र सुन्दर बगैँचा लगायतको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे । पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा वडाका जनप्रतिनिधि, सरोकारवाला, निर्माण समिति लगायतको सक्रिय सहभागितामा करिब १ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएका यी संरचनाहरू निकै आकर्षक रहेका छन् । यसले सेवाग्राहीहरूलाई समेत आराम गर्ने र सहज रूपमा सेवा… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत
पोखरा, १५ साउन/ गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

पोखरामा पहिलो पटक आरयु फेष्ट 

पोखरामा पहिलो पटक आरयु फेष्ट 
पोखरा, १५ श्रावण / पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो ।   यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख… पुरा पढौ

कास्कीको घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

पोखरा, १४ साउन/ कास्कीको माछापुच्छ्रेमा गाउँपालिका–३ घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । पहिरोमा शिक्षक सुरज मोहन पोखरेल घाइते भएको छन् । उनको मणिपाल अस्पतालमा उपचार हुदैछ । घाचोकको लस्तीखोलास्थित हेमजा– माछापुच्छ«े सडक खण्डमा विहान पहिरो खसेको थियो । पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । बंगुर फार्ममा दाना… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन
पोखरा, १४ साउन/ पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको… पुरा पढौ

पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

राम गुरुङ र सुशिलबाबु श्रेष्ठ (कैलाश)
पोखरा, १४ साउन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी… पुरा पढौ

होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बिच सीप आदन प्रदान गर्न सहकार्य गर्न सम्झौता

होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बिच सीप आदन प्रदान गर्न सहकार्य गर्न सम्झौता
पोखरा, १३ साउन/ नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्च बिच सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउन हस्ताक्षर भएको हो । कलेजका प्राचार्य प्रकाश रेग्मी र मञ्चका अध्यक्ष समेज राजभण्डारीले सम्भौतामा हस्ताक्षर गरे । सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी न्यूनीकरण गरी व्यवहारिक ज्ञान र व्यवसायिक अवसरहरूलाई… पुरा पढौ

हायू परिवार पोखरामा फेला, गाडी रिजर्भ गरेर पोखरा

हायू परिवारका सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा
पोखरा, ११ साउन/ सिन्धुलीबाट हराएका भनिएका हायू परिवारका १५ सदस्यलाई पोखरा ३० गगनगौंडामा फेला पारिएको छ ।केही दिनदेखि हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला परेका हुन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएको कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले बताए । उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए । उनीहरूले सिन्धुलीबाट गाडी… पुरा पढौ

छोरी भन्दा छोरा धेरैः प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने- स्वास्थ्य मन्त्री पाठक

छोरी भन्दा छोरा धेरैः प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने स्वास्थ्य मन्त्री पाठक
पोखरा, १२ साउन/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित… पुरा पढौ

लेकसाइडको होटलमा जुवा खेलीरहेका ९ जना २ लाख ७० हजार सहित पक्राउ

जुवा तास
पोखरा, ११ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले लेकसाईड स्थित रहेको होटल लेक टपको कोठाभित्र जुवातास खेलिरहेका ९ जना व्यक्तिहरुलाई नगद सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । नगद २ लाख ५६ हजरा ४ सय, भारतिय ५ हजार ५ सय र २० बुक तास सहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन… पुरा पढौ