समाचार

७० औं प्रहरी दिवस–२०८२, कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार

७० औं प्रहरी दिवस–२०८२, कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार
पोखरा, ३१ असोज/ ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत दुई प्रहरी अधिकृत विशेष सम्मानका साथ पुरस्कृत भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट “उत्कृष्ट प्रहरी कार्य” विधामा प्रहरी नायव उपरीक्षक डीएसपी हरी बहादुर बस्नेतलाई पुरस्कृत गरेको छ । उनको पेशागत प्रतिबद्धता, कार्यकुशलता र अनुकरणीय सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो। त्यसैगरी, प्रहरी वरिष्ठ नायव निरीक्षक ९सइ० किसान केसीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन गर्दै नगद पुरस्कार द्वारा सम्मानित गरेको छ… पुरा पढौ

कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, 3० असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार रहेका ८१ जना कैदी तथा थुनुवाहरूलाई पक्राउ गरेको छ । भदौ २३ र २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापश्चात् कास्की कारागारबाट विभिन्न मुद्दामा थुनामा रहेका कैदीहरू फरार भएका थिए। त्यस पश्चात् कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रुपमा फर्किन अपिल गरेको थियो। सो म्यादसम्म कारागार नफर्किएका फरारलाई खोजतलास गरी पक्राउ गर्ने कार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ। प्रहरीको सक्रियता र अनुसन्धानपछि विभिन्न स्थानहरूबाट पक्राउ गरिएका कैदी र थुनुवाहरूलाई… पुरा पढौ

पोखराको फुर्सेखोलामा डुबेर बालकको मृत्यु

पाैडी डुवेर
पोखरा, ३० असोज/ पोखराको फुर्सेखोलामा डुबेर एक बालकको मृत्य भएको छ । कालिकोट घर भै हाल ललितपुर उपमहानगरपालिका–१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका देवकोटाको तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको… पुरा पढौ

पोखरामा १८ औं भाइटिका महोत्सव हुँने

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका
पोखरा, २९ असोज/ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे… पुरा पढौ

पोखरामा नयाँ पर्यटकीय आकर्षण ‘अम्ब्रेला स्ट्रिट’ भाइरल

पोखरामा नयाँ पर्यटकीय आकर्षण ‘अम्ब्रेला स्ट्रिट’ भाइरल
पोखरा, २८ असोज/ पर्यटकीय राजधानी पोखरामा सुरु गरिएको ‘अम्ब्रेला स्ट्रिट’ नयाँ आकर्षणको केन्द्र बनेको छ । सडक माथि रंगीबिरंगी छाता झुण्ड्याएर बनाइएको यो रंगीन ठाउँमा अहिले देश–विदेशका पर्यटकहरूका लागि फोटो र भिडियो खिच्ने लोकप्रिय ठाउँ बनेको छ । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा सुरु गरिएको ‘अम्ब्रेला स्ट्रिट’ नयाँ पर्यटकीय गन्तव्य बनेको छ । सडक माथि रंगीबिरंगी छाता झुण्ड्याएर बनाइएको यो ठाउँमा अहिले देश–विदेशका पर्यटकहरू फोटो र भिडियो खिच्न पुग्ने गरेका छन् । लेकसाइडको हल्लनचोक देखी फेवातालको किनार सम्मको क्षेत्रमा सञ्चालनमा ल्याइएको… पुरा पढौ

पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ

पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २८ असोज/ पोखरामा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले असोज २७ गते राती करिब ९ बजे पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्ने देविकला अधिकारीलाई एक युवकले नक्कली पेस्तोल देखाएर लुटपाट गरेका थिए। प्रहरीले सूचना प्राप्त लगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट टोली खटाई अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाममा बसोबास गर्दै आएका २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट नक्कली पेस्तोल… पुरा पढौ

पोखरामा स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउने चार जना पक्राउ

पोखरामा स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउने चार जना पक्राउ
पोखरा, २७ असोज/ पोखरामा स्वरूप परिवर्तन (मोडिफाई) गरी सवारीसाधन चलाउने चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, साइलेंसरबाट आगोको झिल्का निकाल्ने, समाजमा आतंक फैलाउने र प्रहरीसँग विवाद गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरी कानूनी कारबाही अघि कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१० बुद्दचोक बस्ने २१ वर्षीय सुवास कार्की, पोखरा–३ बस्ने २५ वर्षीय एल्बिन पुन, पोखरा–६ बस्ने २६ वर्षीय सन्जिव दुवाडी र पोखरा–५ प्रस्याङ… पुरा पढौ

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार
पोखरा, २६ असोज/ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका प्रतिष्ठानबाट मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १ सय जनाले विभिन्न उपहार जितेका छन् । अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका छन् । संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्नेहरुले उपहार पाएका हुन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ अन्तर्गत शनिबार दोस्रो चरणको उपहार जित्नेहरु चयन गरिएका हुन् । चार स्मार्ट फोन विजेतमा कुपन नम्बर ४७७०, ३८०३६, ६८४५ र ११३४२ छन् । उपहार योजनाअन्तर्गत २५… पुरा पढौ

जेनजी आन्दोलनः डोजर चलाएर प्रहरी कार्यालय जादाँ गोली लागेका घाइतेको थप उचारका काठमाडौं लगियो

जेनजी आन्दोलनः डोजर चलाएर प्रहरी कार्यालय जादाँ गोली लागेका घाइतेको थप उचारका काठमाडौं लगियो
पोखरा, २३ असोज/ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते डोजरमा चढेर जिल्ला प्रहरी कार्यालय कास्की पुग्दा गोली लागेर घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । २४ गते साँझ डोजरमा चलाएर अरु मानिसहरूलाई बोलाउँदै जिल्ला प्रहरी कार्यालय छिर्न खोज्दा प्रहरीको गोली लागेर ढलेका थिए । गाली लागेर उपचार थालिएको महिना दिनसम्म पनि सुधार नभएपछि बिहीबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।नेपाली गोली लागेर ढलेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । त्यसको… पुरा पढौ

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक, सच्याउन र सेवाग्राहीमुखी बनाउन माग

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक, सच्याउन र सेवाग्राहीमुखी बनाउन माग
पोखरा, २३ असोज/ पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो । मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको… पुरा पढौ