समाचार

लिचीबोट प्रकरणले व्यक्तिको सम्पत्तिको अधिकार र घरजग्गा कारोबार प्रभावित -पोखरा उद्योग वाणिज्य संघ

लिचीबोट
पोखरा,२५ साउन / पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी पोखरा १६,को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ । संघद्वारा आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय संचार माध्यममा आएको पोखरा १६ को ‘लिचीबारी प्रकरण’ ले यसबाट व्यक्तिको सम्पत्तिमाथिको अधिकार एवं घरजग्गा व्यवसायमा असर गरेको जिकिर पनि गरिएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ ‘नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको धारा २५ ले नागरिकलाई सम्पत्तिको… पुरा पढौ

कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन मयेर धनराज आचार्यको निर्देशन

कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन मयेर धनराज आचार्यको निर्देशन
पोखरा, २५ साउन/ कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन दिएका छन् । पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिए । महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई पनि सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न उनले निर्देशन दिए । कतिपय आलोचनाहरूका बिचबाट पनि नागरिक सेवालाई चुस्त र गुनासो… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पाल्पाको लाखे नाच पोखरामा देखाइने
पोखरा, २५ साउन/ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक… पुरा पढौ

पोखरामा ११ करोड बराबरको सुन चाँदी सहित ११ जना पक्राउ

पोखरामा ११ करोड बराबरको सुन चाँदी सहित ११ जना पक्राउ
पोखरा, २४ साउन / पोखरामा कास्की प्रहरीले ११ करोड बढिका सुन चाँदीका गरगहना र नगद सहित ११ जनालाई पक्राउ गरेको छ । पोखरामा सुन–चाँदीको अवैध कारोबारमा संलग्न भारतीय गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीले भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा कालिगढको काम गर्ने ११ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी… पुरा पढौ

पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता

पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन पोखरा १६ बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा साउन ३१ गते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना हुने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त… पुरा पढौ

जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी
पोखरा, २२ साउन/ होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल (एक्ल्म्टाइज० हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको… पुरा पढौ

एसएसपीमा बढुवा भएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा

एसएसपीमा बढुवा भएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा
पोखरा, २२ साउन/ वरिष्ठ उपरीक्षक (एसएसपी) को फुली लाएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको छ । गृहमन्त्रालयले दुई जना एसएसपीको सरुवा र ११ जनाको पदस्थापनको निर्णयमा एसएसपी कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको हो । कार्की सँगै एसएसपीको फुली लाएका केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । उनीहरुसंगै बढुवा भएका एसएसपी प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई… पुरा पढौ

पोखराका ताल सरसफाई गर्न पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौता

पोखराका ताल सरसफाई गर्न पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौता
पोखरा, २२ साउन/ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन) बीच पोखराका ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ ।… पुरा पढौ

पोखरा नगर ऊर्जा योजना सार्वजनिक, दिगो सहरी विकास र स्वच्छ ऊर्जा महत्त्वपूर्ण कदमः प्रमुख आचार्य

पोखरा नगर ऊर्जा योजना सार्वजनिक, दिगो सहरी विकास र स्वच्छ ऊर्जा महत्त्वपूर्ण कदमः प्रमुख आचार्य
पोखरा, २० श्रावण / पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख आचार्यले वि.स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो… पुरा पढौ

कास्की प्रहरीका प्रहरी निरीक्षक राजकुमार कार्की असारको उत्कृष्ट प्रहरी

राजकुमार कार्की
पोखरा, २० साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार काकीलाई असार महिनाको बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको छ । असार महिनामा लागूऔषध कारोबारी, सुन तस्कर, जुवाडे तथा जबर्जस्ती रकम असुल्ने समूहलाई पक्राउ गरी महत्वपूर्ण सफलता हासिल गरेको भन्दै कार्कीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक काकीको सक्रियतामा प्रहरीले विभिन्न प्रकृतिका अपराधमा संलग्न ३१ जनालाई पक्राउ गरेको थियो । उनी नेतृत्वको टोलीले असार ६ गते अवैध रुपमा बिक्री वितरणका लागि ल्याइएको करिब १ करोड ३०… पुरा पढौ