
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र
पोखरा, १७ पुस/ पोखरामा शुक्रबारदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने भएको छ ।
पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ ।
शुक्रबार देखि ४ दिनसम्म विहान ६ बजेदेखि ११ बजेसम्म पोखराको कहीँ पनि बिजुलीको लाइन आउने छैन । कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गर्ने विज्ञप्तीमा उल्लेख छ ।
पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने छ ।





