
एम्नेष्टी इन्टरनेशनल समुह– ५४ पोखराका संयोजक पन्थीको सवारी दुर्घटनामा निधन
पोखरा, २० पुस/ एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक बिष्णुहरी पन्थीको सवारी दुर्घटनामा परी निधन भएको छ ।
बुधबार बल्खु नजिकै चक्रपथमा सवारी दुर्घटनमा परेर निधन भएको हो । ललितपुरको सात दोबाटोबाट कलंकी आउने क्रममा बल्खु नजिक उनी दुर्घटनामा परेका थिए ।
पन्थीको पुरानो घर तनहुँको सेराबेंसी भएपनि उनको परिवार केहि बर्षदेखि पोखरा लेखनाथ स्थित गगनगौंडा पावरहाउस नजिक बस्दै आएको छ ।
उनी पठाओ चढेर कलंकी आउंदै गर्दा उनि चढेको दुईपांग्रे सवारी साधन दुर्घटनामा परेको हो । दुर्घटनाका कारण सडकमा लडेका पन्थीलाई पछाडीबाट आउंदै गरेको टिपरले ठक्कर दिएको उनको घटनास्थल मै निधन भएको हो ।





