समाचार

यातायात अनिश्चितकालीन बन्दको घोषणा

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
काठमाडौँ, २४ भदौ/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासंगले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कफ्र्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । महासंघले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघले नेपाल सरकारसँग… पुरा पढौ

नागरिक समाजले भन्यो–जेनजी पुस्तामाथि सरकारले गोली वर्षाउनु अक्षम्य अपराध

पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २४ भदौ/ नागरिक समाज कास्कीले जेनजी पुस्ताको सोमबार शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको नरसंहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जार्दै इतिहासमै कलंकित हुने गरी भएको नरसंहारको जति भत्र्सना गरे पनि कमी हुने ठहर गरेको छ । देशमा व्याप्त चरम भ्रष्टाचार बेथिति तथा नेताहरु र तिनका परिवारको उच्च बिलासी जीवनशैलीका साथै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दप्रति व्यापक असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा नरसंहार र गोलाबारीबाट दर्जनौं किशोरकिशोरी र युवाहरुले अनाहक ज्यान गुमाएकोमा दुःख… पुरा पढौ

पोखरामा विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी

पोखरामा विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी
पोखरा, २४ भदौ/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा बिहान १० बजेदेखि लागू हुने गरी कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विज्ञप्ती जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेकी हुन् । पोखरा महानगरपालिकाका ९, २, १ र ६ नम्बर वडा पर्छन् । यी क्षेत्रमा कफ्र्यु अवधिभर धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । सोमबार जेनजी आन्दोलनका क्रममा काठमाडौं, पोखरा लगायतका… पुरा पढौ

जेन जी आन्दोलनमा मृतकको संख्या १४ पुग्यो, पोखरामा पनि एक जना गम्भीर घाइते

पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २३ भदौ/ जेन जी आन्दोलनका क्रममा काठमाडौंमा १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ । प्रदर्शनकारी सहित सशस्त्र… पुरा पढौ

पोखरामा पनि अनिश्चितकालीन निशेधाज्ञा, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु

पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २३ भदौ/ जेन जीको आन्दोलन भड्किए पछि पोखरामा पनि निशेधाज्ञाआदेश जारी गरेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडको प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र गोली प्रहार गरेको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी गरेकी छन् । त्यसै गरी काठमाडौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक… पुरा पढौ

भ्रष्टाचारविरूद्ध पोखरामा पनि जेनजीको प्रदर्शन

भ्रष्टाचारविरूद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
पोखरा, २३ भदौ/ भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले आज पोखरामा पनि प्रदर्शन गर्दैछन् । सामाजिक सञ्जालमार्फत पोखराका युवाहरुले सोमबार बिहान १० बजे पोखरा सभागृह अगाडि विरोध प्रदर्शन गर्ने सूचना जानकारी गरेका छन् । उनीहरुले प्रदर्शनमा प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्न जनाएका छन् । सामाजिक संजाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको उनीहरुले बताएका छन् । देशविदेशमा रहेका आफन्तसँग कुराकानी गर्न समेत नपाएको भन्दै उनीहरुले नेताहरुले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक संजाल बन्द गराएको आरोप… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा जानुका विजयी (कस्को कति मत सहित)

जानुका पराजुली अधिकारी
पोखरा, २३ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व विजयी भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको इतिहासमा जानुका पराजुली अधिकारीले अन्य अग्रजहरु र समकालीनहरुलाई पाखा लगाउंदै संघको नेतृत्व गर्ने अवसर पाएकी छन् । जानुकाको प्यानलेले कार्यसमितिको सबै सदस्यहरुमा ‘क्लिन स्विप’ गरेको छ । जानुकाले राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भइन् । यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्ष थिए । जानुकाले ९ सय ९६… पुरा पढौ

तनहुँमा दुर्घटना हुदाँ कास्कीका धर्मराजको मृत्यु

दुर्घटना
तनहुँ, २२ भदौ/ तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ जादै गरेको बा प्र ०६–००१प ९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख १५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

सामाजिक सञ्जाल नचल्दा पर्यटन व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

सामाजिक सञ्चाल नचल्दा पर्यटन व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग
पोखरा, २२ भदौ /नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल… पुरा पढौ

पाताले छाँगो ठेक्कामा दिने विषयमा स्थानीयको विरोध, खुकुरी प्रहार गर्ने एक पक्राउ

पाताले छाँगो
पोखरा, १९ भदौ/ पोखरा १७ मा रहेको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णय विरुद्ध स्थान आन्दोलीत भएका छन् । पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो । सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ भएको थियो । कार्यक्रममा स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाए । विरोधका क्रममा एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ । विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार गरेको आरोपमा पोखरा–९… पुरा पढौ