समाचार

तीज गीतमा पर्यटन व्यवसायीको पीडा

तीज गीतमा पर्यटन व्यवसायीको पीडा
पोखरा, १३ भदौ / कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् । विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्षा अनुरुप पाहुना नआउँदा व्यवसाय धरासायी भएको पीडालाई उनले मंगलबार तीज भाकामार्फत प्रस्तुत गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले लेकसाइडको बाराहीघाटमा भदौ १० र ११ मा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सवअन्तर्गत तीज गीत प्रतियोगितामा उनी अध्यक्ष रहेको सञ्जिवनी नारी समूह सहभागी थियो । उनले पर्यटन… पुरा पढौ

पोखराबाट नीतिगत सुधारका लागि नागरिक अभियानको घोषणा

पोखराबाट नीतिगत सुधारका लागि नागरिक अभियानको घोषणा
पोखरा, १३ भदौ/ सरकारी कार्यालयमा हुन सक्ने ढिलासुस्ती, अपारदर्शिता लगायतका विकृति अन्त्यका लागि पोखरामा नीतिगत सुधारका लागि नागरिक अभियान सुरु भएको छ । गणेशबहादुर थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी सुधारका लागि ११ बुँदा अघि सारेको हो । डिजिटल प्रविधि प्रयोगदेखि लिएर भ्रष्टाचार नियन्त्रण, स्थानीय सरकार सबलीकरण र नागरिक गुनासो व्यवस्थापन रहेको छ । संयोजक थापाले यी बुँदा नागरिकको आवाजलाई नीति निर्माणमा प्रत्यक्ष जोड्ने खाका भएको औंल्याए । थापाले सरकारी कार्यालय र सार्वजनिक सेवामा ढिलासुस्ती, भ्रष्टाचार, गैरजिम्मेवारीपन… पुरा पढौ

पार्किङ गरेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

दुर्घटना
काठमाडौं, १३ भदौ/ काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थितमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । गएराति सडकको पेटीको छेउमा रोकी राखेको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटरले ठक्कर खाँदा नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय स्कुटर चालक शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारको लागी तत्काल ट्रमा सेन्टर लगिएको थियो । घटनामा संग्लन… पुरा पढौ

पोखराको सार्वजनिक यातायात विद्युतीय बनाउन ४ करोड डलर सहयोग

पोखराको सार्वजनिक यातायात विद्युतीय बनाउन ४ करोड डलर सहयोग
पोखरा, १२ भदौ/ पोखराको सार्वजनिक यातायातलाई विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालन गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय… पुरा पढौ

निजी विद्यालय भदौ १८ गतेबाट बन्द गर्ने सञ्चालकको घोषणा

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद
पोखरा, १२ भदौ/ निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने उनीहरुको माग छ । आन्दोलनका कार्यक्रमहरु१) मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे… पुरा पढौ

पोखराबाट अस्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी, भुटान पनि उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १२ भदौ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । सिचुवान एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने उनले बताए । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको… पुरा पढौ

पोखरामा टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ सुरु

पोखरामा टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ सुरु
पोखरा, १० भदौ/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरे । उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल… पुरा पढौ

पोखराका प्रत्यूष पौडेलले खगोल ओलम्पियाडमा अन्तर्राष्ट्रिय अवार्ड जिते

प्रत्यूष पौडेल
पोखरा, १० भदौ/ पोखराका प्रत्यूष पौडेलले १८ औं अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड जितेका छन् । भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ सम्म चलेको प्रतियोगितामा पोखरा महानगरपालिका २३ हर्पनका पौडेलले अवार्ड जितेका हुन् । विश्वभरका ६३ देशका २ सय ८८ भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । ओलम्पियाडमा सहभागी खगोलशास्त्र, विद्यार्थीहरूले खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीपको गहन परीक्षा दिएका थिए । ६ सय पूर्णांकको प्रतियोगितामा ३ सय अंकको सैद्धान्तिक र ३ सय… पुरा पढौ

लेकसाइडका स्पा सेन्टरबाट ४ जना बालिकाको उद्धार

स्पा (मसाज) सेन्टर
पोखरा, ९ भदौ/ जिल्ला प्रशासन कास्कीले पोखराको लेकसाइडका स्पा सेन्टरबाट ४ जना बालबालिकाको उद्धार गरेको छ । स्पा सेन्टरमा बालिकाहरुलाई काममा लगाएको भन्ने सुचनाका आधारमा प्रशासनले अनुगम गरेको हो । कास्की सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा वडा प्रहरी कार्यालय वैदाम, सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणका प्रतिनिधी सहितको सुरक्षा टोलीद्वारा लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका शंकास्पद ९ वटा स्पाहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा ४ वटा स्पा तथा व्युटी पार्लरबाट ४ जना उमेर नपुगेका (१८ वर्षभन्दा कम उमेरका)… पुरा पढौ

पोखरा टुडिखेल तीज महोत्सव जारी, ढिकी, जाँतो प्रतियोगिता सुरु

ढिकी
पोखरा ९ भदौ/ पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकी, जाँतो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।… पुरा पढौ