समाचार

स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन

स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन
पोखरा, ३० पुस/ पोखराको स्टेप बाई स्टेप माविका सञ्चालक बराल परिवारमा पुत्रशोक परेको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालका कान्छा छोरा योगेश बरालको अमेरिकामा २ जनवरीमा निधन भएको हो । उनी कार दुर्घटनामा परेको हुन सक्ने अमेरिकी प्रहरीलाई उद्घृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका योगेशको जन्म ७ साउन, २०४८ सालमा भएको हो । उनी स्टेप बाई स्टेप नै पढेका हुन् । ३४ वर्षको अल्पायुमै उनको निधनले सिंगो बराल परिवारमा… पुरा पढौ

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर
पोखरा, २८ पुस/ तनहुँ शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमा भएको हत्याका बारेमा प्रहरीले अनुसन्धान गरी रहेको छ । फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुषको शव फेला परेको थियो भने केहीपर महिलाका शव फेलापरेको थियो । तीनै जनालाई धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको देखिन्छ । घटना रहस्यपूर्ण बन्यो तत्काल प्रहरीको प्राविधिक र तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान सुरु भयो । दुई पुरुषको शव भेटिएको स्थानबाट कुकुरले अनुसन्धान सुरु ग¥यो । पहिला फोहोर प्रशोधन… पुरा पढौ

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत
पोखरा, २७ पुष / ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले तीन पत्रकार सम्मानीत गरेको छ । ३२ औँ साधारण सभाको अवसरमा टान गण्डकीले पोखरामा रहेर सक्रिय पत्रकारीता गर्ने पत्रकारलाई सम्मान गरेको हो । पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्‍याउने ती पत्रकार नगर पुरस्कारसहित सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा पत्रकार विमल तिवारी, सुमन ढुङ्गाना र सागर ढकाल रहेका छन् । उनीहरूको पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको थियो । सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष… पुरा पढौ

पोखराको फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी

पोखराको फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी
पोखरा, २५ पुस/ फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवाद चर्किएको छ । स्थानीयले वडा कार्यालयमा ताला लगाएपछि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयहरुले जीउज्यानको सुरक्षा माग्दै दबाब दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका थिए । वडामा ल्यान्डफिल साइट राख्ने निर्णयको विरोधमा स्थानीयहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका… पुरा पढौ

कास्की आमाको नामबाट नागरिकता लिए तीन जनाले

कास्की आमाको नामबाट नागरिकता लिए तीन जनाले
पोखरा, २१ पुस/ जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली, छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिकामा गत मङ्सिर १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सञ्चालित स्थानीय तहमा शान्तिसुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुताका सन्तानको जन्मदर्ता प्रमाणपत्र तथा नेपाली नागरिकता… पुरा पढौ

एम्नेष्टी इन्टरनेशनल समुह– ५४ पोखराका संयोजक पन्थीको सवारी दुर्घटनामा निधन

एम्नेष्टी इन्टरनेशनल समुह– ५४ पोखराका संयोजक पन्थीको सवारी दुर्घटनामा निधन
पोखरा, २० पुस/ एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक बिष्णुहरी पन्थीको सवारी दुर्घटनामा परी निधन भएको छ । बुधबार बल्खु नजिकै चक्रपथमा सवारी दुर्घटनमा परेर निधन भएको हो । ललितपुरको सात दोबाटोबाट कलंकी आउने क्रममा बल्खु नजिक उनी दुर्घटनामा परेका थिए । पन्थीको पुरानो घर तनहुँको सेराबेंसी भएपनि उनको परिवार केहि बर्षदेखि पोखरा लेखनाथ स्थित गगनगौंडा पावरहाउस नजिक बस्दै आएको छ । उनी पठाओ चढेर कलंकी आउंदै गर्दा उनि चढेको दुईपांग्रे सवारी साधन दुर्घटनामा परेको हो । दुर्घटनाका… पुरा पढौ

एक साता देखी बेपत्ता पौडेल मृत फेला

तनहुँ, २० पुस/ तनहुँको भानु नगरपालिका ५ बारीफाँट निवासी एक महिला मृत फेला परेकी छन् । एक साता देखी हराएकी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी हुन्। पौडेल शनिबार मस्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा २४ लौरुक खोलामा मोटरेवल पुल शिलान्यास

पोखरा २४ लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
पोखरा, २० पुस/ पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलान्यास गरिएको छ । पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल नहुँदा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई पुन निर्माण पश्चात् आवागमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । महानगरको वडा नम्रब २४, २३, तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन जानका लागि बाह्रै महिना सजिलो हुने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाबाट स्रोतको… पुरा पढौ

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगि, सचेत हुन एसपी कार्कीको अनुरोध

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगि, सचेत हुन एसपी कार्कीको अनुरोध
पोखरा, १९ पुस/कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत १… पुरा पढौ

बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो

बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो
पोखरा, १८ पुस/ बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा धावन मार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट ५१ जना यात्रु बोकेर भद्रपुर पुगकको बुद्ध एयरको ९ एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको हो । जहाजमा सबै यात्रुको सकुशल उद्धार भएको छ भने जहाजमा आगलागी भएको छैन । पुरा पढौ