समाचार

ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना मोटरसाइकल चालक पक्राउ

ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना मोटरसाइकल चालक पक्राउ
पोखरा, १९ मंसिर/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने, सार्वजनिक स्थानमा आतंकित पार्ने र चेकजाँचका क्रममा प्रहरीसँग वादविवाद तथा झैझगडा गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले साइलेंसरमा हेरफेर गरी ठूलो आवाज निकाल्ने, सडकमा होहल्ला मच्चाउने तथा शान्ति–सुरक्षामा बाधा पुर्‍याउने गतिविधि गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ग २१ प ६१७१, लु ३० प ५५६१, ग २० प २९२२ र ग १५… पुरा पढौ

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी
पोखरा, १४ मंसिर/ फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए… पुरा पढौ

पोखरामा बुद्ध एयरको विमानमा चराको ठक्कियो

बुद्ध एयर
पोखरा, १३ मंसिर/ बुद्ध एयरको काठमाडौंबाट पोखरा आउदै गरेको विमानमा पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ । बुद्ध एयरले विमानसँग ठोक्किएको एटीआर–७२ विमान धावनमार्गको पूर्वी भाग रनवे अवतरण गर्दै गर्दा गिद्द ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको बुद्ध एयरले जानकारी दिएको छ । विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुन… पुरा पढौ

पोखरा इजरायल सिधा उडानका गर्न सघाउने -इजरायली राजदूत स्मुलिम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ९ मंसिर/ नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले इजरायलबाट पोखरा सिधा उडानका लागि आफुहरु इच्छुक रहेको बताएका छन् । पोखरा पर्यटन व्यवसायी सगँ कुरा गर्दै उनले इजरायलबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान राख्न आफुले सहयोग गर्ने बताए । उनले धेरै इजरालीहरु नेपाल आउने र त्यस पछि पोखरा बस, जहाज चढेर आउने गरेको बताए । इजरायलीहरु पोखरा आउन चाहाने भएका कारणले गर्दा पनि इजरायलबाट पोखरा सिधा उडान गर्नु पर्ने उनले बताए । पुरा पढौ

कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आइतबार साँझ ५ः१९ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षतीको विवरण भने आएको छैनन । पुरा पढौ

भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान शुरु

भुटान एयरको पोखरा–पारो ९भुटान० सिधा उडान शुरु
पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको छ। भुटान स्थित पारो अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखरा चालक दल मात्रै आएको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बर सहित पारो बिमानस्थलमामा सुरक्षित अवतरण गरेको छ। जेनजी आन्दोलनका कारणले पूर्व निर्धारित समय र टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने जनाएको छ । अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण री(सेड्युल भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो। बाँकी नियमित… पुरा पढौ

धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार

धन बहादुर गुरुङ (सुमन)
पोखरा, मंसिर १ / मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ। फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । छनोट… पुरा पढौ

टाइटन घडीको पोखरामा स्टोर सञ्चालनमा

टाइटन घडीको पोखरामा स्टोर सञ्चालनमा
पोखरा, १ मंसिर/ विश्वको पाँचौं ठूलो घडी निर्माता टाइटन कम्पनी लिमिटेडले पोखरामा एक्सक्लुसिभ ब्रान्ड स्टोर शुरु गरेको छ । पोखरा ट्रेड मल, चिप्लेढुंगामा खुलेको यो स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र कम्पनीका इन्टरनेशनल अपरेशन्सका बिजनेस म्यानेजर वसन्त वासुदेवनले उद्घाटन गरे । नयाँ स्टोरमा १००० भन्दा बढी घडीहरू उपलब्ध छ । जसमा पुरुष, महिला तथा युवाहरूका लागि फरक–फरक कलेक्शन समावेश छन्। टाइटनका प्रिमियम मोडेलदेखि फास्ट्र्याकका युवा केन्द्रित डिजाइन, राग अन्तर्गत महिलाहरूका लागि गहना शैलीका घडी, टाइटन स्टेलरको आकाशीय–थीमयुक्त… पुरा पढौ

पर्यटन व्यावसायी बसन्त दवाडीको निधन

बसन्त दवाडी
पोखरा, १ मंसिर/ पोखराका पर्यटन व्यवसयाी बसन्त दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ५७ वर्षिय दवाडी नेपाली पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासको अग्रणी व्यक्तित्व थिए । नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (ना)का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन

पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन
पोखरा, २५ कात्तिक/ पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन भएको छ । ट्रेकिङ जाने क्रममा उनको कास्कीको सिक्लेसमा हृदयघातबाट निधन भएको हो । तत्काल हेलीकोप्टरबाट उद्धार गरी मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको थियो । तर उहाँको उपचारका क्रममा निधन भएको हो । उनको लेकसाइडमा होटल मुनलाइट र कपडा पसल सञ्चालन गर्दै आएको छन् । बुधबार बिहान साढे ८ बजे सेती नदीको शान्तिघाटमा भट्टराईको अन्त्येष्टि गरिने उनाका आफ्न्तले बताए । त्यसअघि, आफ्नो निवास पोखरा–६, अम्बोटबाट शवयात्रा हुनेछ । उनका… पुरा पढौ