
पोखरामा एमालेका कार्यकर्ताले जलाए जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन
पोखरा, १४ चैत/ नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन पोखरामा जलाएका छन् ।
पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले शनिबार पोखराको पृथ्वीचोकमा कार्की आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरे ।
पोखरा ९ शान्तिवनमा रहेको एमाले पार्टी कार्यालयबाट विरोध जुलुस सहित पोखराको पृथ्वीचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन पछि आयोगको प्रतिबेदन जलाएका हुन् ।
राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले शनिबार देशका विभिन्न ठाउँमा प्रर्दशन गरेका छ ।







