समाचार

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार
पोखरा, २६ असोज/ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका प्रतिष्ठानबाट मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १ सय जनाले विभिन्न उपहार जितेका छन् । अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका छन् । संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्नेहरुले उपहार पाएका हुन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ अन्तर्गत शनिबार दोस्रो चरणको उपहार जित्नेहरु चयन गरिएका हुन् । चार स्मार्ट फोन विजेतमा कुपन नम्बर ४७७०, ३८०३६, ६८४५ र ११३४२ छन् । उपहार योजनाअन्तर्गत २५… पुरा पढौ

जेनजी आन्दोलनः डोजर चलाएर प्रहरी कार्यालय जादाँ गोली लागेका घाइतेको थप उचारका काठमाडौं लगियो

जेनजी आन्दोलनः डोजर चलाएर प्रहरी कार्यालय जादाँ गोली लागेका घाइतेको थप उचारका काठमाडौं लगियो
पोखरा, २३ असोज/ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते डोजरमा चढेर जिल्ला प्रहरी कार्यालय कास्की पुग्दा गोली लागेर घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । २४ गते साँझ डोजरमा चलाएर अरु मानिसहरूलाई बोलाउँदै जिल्ला प्रहरी कार्यालय छिर्न खोज्दा प्रहरीको गोली लागेर ढलेका थिए । गाली लागेर उपचार थालिएको महिना दिनसम्म पनि सुधार नभएपछि बिहीबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।नेपाली गोली लागेर ढलेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । त्यसको… पुरा पढौ

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक, सच्याउन र सेवाग्राहीमुखी बनाउन माग

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक, सच्याउन र सेवाग्राहीमुखी बनाउन माग
पोखरा, २३ असोज/ पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो । मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको… पुरा पढौ

कास्कीका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

मालपोत कार्यालय कास्की
पोखरा, २२ असोज/ कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचना सहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि जग्गा धनीलाई किटानी सिफारिस गर्न मालपोतले सूचना जारी गरिएको छ । कार्यालयले मंगलबार सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया सुरु गरेको जानकारी दिए । सेवा पुनः सुरु गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख… पुरा पढौ

आइतबार र सोमबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, १९ असोज/ सरकारले असोज १९ र २० गते अथार्त आज र भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम… पुरा पढौ

बर्षा र हिमात हुन सक्ने भन्दै सचेत रहन कास्की प्रशासनको अनुरोध

पोखरा, १७ असोज/ जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार देखी सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताउदै सत्रर्क हुन आवाहान गरेको छ । मौषम विज्ञानले भारी वर्षा हुने प्रक्षेपण गर्दै प्रशासनले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण बेस क्याम्प, मर्दी बेसक्याम्प लगायतका क्षेत्रको पदयात्रामा जादाँ सचेत हुन आग्रह गरेको छ । कास्की प्रशासन कार्यालयले पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय… पुरा पढौ

पोखरा १३ मा स्कर्पियो दुर्घटना

पोखरा १३ मा स्कर्पियो दुर्घटना
पोखरा, १७ असोज/ पोखरा १३ मा स्कर्पियो दुर्घटना भएको छ । बिहान भएको पोखरा १३ पाटनबेशीमा दुर्घना भएको हो । स्कर्पियो सडकबाट घरको पर्खालमा ठोकिदै अगाडी बढेको थियो । दुर्घटनामा मानविय क्षति नभएको तर भौतिक क्षति भएको छ । दुर्घटनाबाट स्कर्पियोमा क्षति पुगेको छ भने घर सटरमा पनि क्षति पुगेको छ । पुरा पढौ

‘त्यो २००६ र यो २०८२ को पोखरा’

जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड गर्दा घाइते एक जनाको मृत्यु
गंगाधर तिमिल्सिना गंगाधर तिमिल्सिनापोखरा महानगरपालिका २३ ठूलाखेत “श्रेयोसि बहु विघ्नानि” मनुस्मृति“संसरति इति संसार” संसारको राम्रो सँग सार्दै विकास गर्दै जाँदा समय समयमा अकस्मात गुरुत्वाकर्षण पैदा हुन्छ । अनि धन, जन, भुमिको क्षति हुन जान्छ । हामी त्रेतायुगबाट पुराण पढ्दै आज सम्म आउदा तत्कालीन ब्रह्मले सृष्टि सुरु गर्दा हिरण्याक्षले अवरुद्ध पारेपछि विष्णु भगवानले बराह अवतार लिइ पृथ्वीको उद्धार गरी सृष्टि संचालन भएको हिरण्यकश्यपुले अति अत्याचार र दमन गरेपछि विष्णु भगवानले नृसिंह अवतार लिई हिरण्यकश्यपुलाई मारी सुखि शान्तिको जन जीवन बताएका थिए… पुरा पढौ

पोखरा–आँबुखैरेनी सडक मुग्लिन सम्मै बिस्तार हुने, तोक्यो सडक सीमा

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्र शुरु
पोखरा, १२ असोज/ पोखराबाट आँबुखैरेनी सम्म बिस्तार भएको सडक अब मुग्लिनसम्मै बिस्तार गर्ने बाटो सरकारले खुलाएको छ । सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरे सगँ सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो । यसअघि सडकको ‘राइट अफ वे’ निर्धारण नहुँदा आँबुखैरेनीबाट पश्चिमतर्फमा बाटो बिस्तार भएको छ । आँबुखैरेनी–मुग्लिन पुल सडकखण्डको बिचमा सडक किनारमै मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस भएकाले आँबुखैरेनीबाट मुग्लिनतर्फको सडक बिस्तार हुन सकेको छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्ने गरी सडक सीमा निर्धारण… पुरा पढौ

घुम्नबस्न पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै होटल संघ

घुम्नबस्न पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै होटल संघ
पोखरा, १२ असोज । होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका वापजूद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो । नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति… पुरा पढौ