समाचार

कास्की प्रहरीले विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पोखरा, १९ माघ/ सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारीको प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको तथा हाल आफ्नो होटल र विभिन्न कम्पनीहरूमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायतका पदमा नेपाली कामदारको माग रहेको भनी विश्वास दिलाई उनीहरूले ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडितहरूसँग फेसबुकमार्फत कुराकानी गरी विदेश पठाइदिने आश्वासन दिँदै ११ जना व्यक्तिबाट १० हजारदेखि २ लाखसम्म रकम असुली जम्मा १४… पुरा पढौ

बादल हत्या काण्डः सर्वोच्च अदालतले ४ जनालाई जन्मकैदको फैसला

पोखरा, १९ माघ/ सर्वोच्च अदालतले लेखनाथमा भएको रामजी पौडेल बादल हत्या काण्डमा सरकारी पक्ष र प्रतिवादी दुवै तर्फको पुनरावेदन माथि अन्तिम फैसला सुनाएको छ । न्यायाधीशद्वय डा कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ चैत १७ मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पोखराको फैसला आंशिक उल्ट्याएको छ । २०७२ साउन २८ गते राति पोखरा ३० गगनगौंडामा कांग्रेस कार्यकर्ताबीचको आन्तरिक विवादमा पौडेलको हत्या भएको थियो ।उच्च अदालतले केही प्रतिवादीलाई सफाइ दिएको र केहीलाई कम सजाय तोकेको भन्दै सर्वोच्चमा… पुरा पढौ

संरक्षण क्षेत्रका वनमा फ्ँयाकिएका प्लास्टिकजन्य फोहोरबाट हस्तकालाका सामग्री

संरक्षण क्षेत्रका वनमा फ्ँयाकिएका प्लास्टिकजन्य फोहोरबाट हस्तकालाका सामग्री
पोखरा, १७ माघ/ जंगलमा जथाभाबी फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरेर कास्कीको मादी गाउँपालिका ताङतिङमा घुम्न आउने पर्यटककालागि कोसेली दिन हस्तकलाका सामाग्री बनाउन सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको मादी गाउँपालिका वडा नं ४ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन्यजन्तु, जैविक विविधतालाई असर पर्ने वनमा फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरी हस्तकलाका सामाग्री बनाउने ९ दिने तालिम दिएको हो । ताङतिङको जंगलमा वन कुकुर, ध्वाँसे चितुवा, मृग, घोरल, हिमाली कालो भालु, लंगुर, बँदेल लगायतका जंगली जनावर… पुरा पढौ

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
पोखरा, १६ माघ/ पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ । भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो… पुरा पढौ

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित
पोखरा, १५ माघ/ वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूमध्ये वडा प्रहरी कार्यालय बैदामक प्रहरी नायव उपरीक्षक भट्टराई उत्कृष्ट भएका हुन् । उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले भट्टराईलाई २०८२ साल पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको प्रहरीले जनाएको छ। भट्टराईले जिम्मेवारीपूर्वक, प्रभावकारी रूपमा कार्यसम्पादन गर्दै शान्ति… पुरा पढौ

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत
पोखरा, १५ माघ/ होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र,… पुरा पढौ

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम
पोखरा, १२ माघ/ पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् ।… पुरा पढौ

सिद्धार्थ राजमार्गको स्तरोन्नतिः २० अर्ब लागत, पोखरा बुटवल यात्रा अवधि साढे २ घण्टामा घट्ने

सडक
पोखरा, ११ माघ/ गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्वपूर्ण सडक सिद्धार्थ राजमार्गको स्तरोन्नति प्रक्रिया अघि बढेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति प्रक्रियालाई सरकारले अघि बढेको हो । सरकारले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट प्राप्त हुने २९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै ४८ वर्ष पुरानो राजमार्गको स्तरोन्नति भएको हो । यो रकम डीपीआर तयार गर्न खर्च गरिनेछ । २०२७ सालमा भारत सरकारको सहयोगमा निर्माण सुरु… पुरा पढौ

कास्की क्षेत्र नम्बर ३ मा १५ जनाको उमेद्वारी (को को सहित)

पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल सहित १५ दलले उमेद्वारी दर्ता गरेका छन् । यो क्षेत्रबाट कुनै पनि स्वतन्त्र उमेद्वारी दि र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवारी परेको छैन । कास्की ३ मा अघिल्लो पटक चुनाव जितेको एमालेले दामोदर पौडेल बैरागीलाई दोहो¥याएको छ । उनलाई काँग्रेसका मनोज गुरुङले टक्कर दिनेछन् । नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी,… पुरा पढौ

कास्की २ मा ५ स्वतन्त्र उमेद्वार सहित १७ जनाको उमेद्वारी (को को सहित)

कास्की २ मा ५ स्वतन्त्र उमेद्वार सहित १७ जनाको उमेद्वारी को को सहित
पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवार छन् । कास्की २ मा नेपाली काँग्रेसतर्फबाट माधवप्रसाद बास्तोला (मधु) र एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तमप्रसाद पौडेल चुनावी मैदानमा होमिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको… पुरा पढौ