
कास्की ४९ उमेद्वारमा ४० जनाको जमानत जफत
पोखरा, २६ फागुन/ फागुन २१ गते भएको निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा गरी ४० उम्मेदवारको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने व्यवस्था छ ।
कास्कीका तीन वटै क्षेत्रमा रास्वपा, नेपाली काग्रेस र नेकपा एमालेका उमेद्वारले बाहेकहरु सबै उमेद्वारको जमानत जफत भएको छ । कास्कीका तीन वटा क्षेत्रमा ४९ जनाले उमेद्वारी दिएका थिए । ४९ जनामा ९ जनाले आफ्नो जमानत बचाएका छन् भने ४० जनाको समानत जफत भएको छ ।
कास्की क्षेत्र नम्बर १ र २ मा १७/१७ जना र कासकी ३ मा १५ जनाले उमेद्वारी दिएका थिए । निर्वाचनको अन्तिम मत परिणाम अनुसार प्रत्येक क्षेत्र रास्वपा, नेपाली काग्रेस र एमालेका ३/३ जना उमेद्वार बाहेक अन्य ४० जना उमेद्वराले १० प्रतिशत मत ल्यान नसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।








