समाचार

कास्की रुग्ण आयोजना शुन्य बनाउन अगाडी बढेका छौं -प्रमुख पौडेल

कास्की रुग्ण आयोजना शुन्य बनाउन अगाडी बढेका छौं प्रमुख पौडेल
पोखरा, १७ भदौ/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१ ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२(८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर कार्य योजना सार्बजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्म अनुसार प्राप्त अधिकार र स्रोत साधनको अधिनमा रहेर उत्कृष्ट समन्वय र अनुगमनका कार्यलाई प्रभाबकारी बनाउदै लगेको बताउनु भयो । प्रदेश सरकारले वनाउनु पर्ने जिल्ला समन्वय समिति सम्वद्ध कानुनहरु नवनाउनु,प्राकृतिक स्रोत… पुरा पढौ

श्रीमतीको हत्या गरी शव भान्छा कोठामा, श्रीमान् पक्राउ

अर्घाखाँची, १७ भदौ/ श्रीमानले श्रीमतीको हत्या गरेर शव भान्छा कोठामा पुरेका छन् । ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको शव भान्छा कोठामा पुरिएको अवस्थामा प्रहरीले फेला पारेको छ । हत्याको आरोपमा छत्रदेव गाउँपालिका–४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

संघीय शिक्षा ऐनको विरुद्धमा निजी विद्यालयका बस सडकमा प्रदर्शन

संघीय शिक्षा ऐनको विरुद्धमा निजी विद्यालयका बस सडकमा प्रदर्शन
पोखरा, १६ भदौ/ नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान, अपेन र एनएएमले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका हुन् । यसैको विरोधमा सोमबार देशभरका निजी तथा आवसीय विद्यालयका वसहरु कालो झण्डा र कालो व्यानर सहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेका छन् ।… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता
पोखरा, १६ भदौ/ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता,… पुरा पढौ

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित  

गण्डकी प्रदेशसभा
पोखरा / गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो। सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको… पुरा पढौ

काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’
पोखरा, १५ भदौ/ नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको ३० औं वार्षिक साधारण सभामा होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवि काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरेको छ । उनलाई नगद दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लाले पोखरा महागनरपालिकाका मयेर धनराज आचार्य, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, पुर्व अध्यक्ष सज्जयकान्त सिग्देल लगाएतले सम्मान गरे । नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आमाको स्मृतिमा स्थापना गरेको एक लाख एघार हजार रुपैयाँको अक्षय कोषबाट वर्षेनी नाट्टा… पुरा पढौ

पोखरामा खाजाघर संचालन गरी अनैतिक गतिविधि गर्ने १९ जना पक्राउ

पोखरा, १५ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २ बाग्लुङ बसपार्क स्थितमा रहेका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैतिक गतिविधि गरेको आरोपमा १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २ बाग्लुङ बसपार्कमा रहेका खाजा घरहरूमा लागू औषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न १९ जना खाजाघर संचालकहरूलाई पक्राउ जनाएको छ । जिल्ला… पुरा पढौ

पोखरामा जुवातास खेल्ने ८ जना १ लाख २१ हजार सहित पक्राउ

जुवा तास
पोखरा, १५ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोल स्थितमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोल स्थित गोबर्धन कुँवरको घरमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट १ लाख २१ हजार ४ सय २५ र १ बुक तास सहित पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता… पुरा पढौ

कार दुर्घटना हुदाँ डा. विपल्व भट्टको मृत्यु

कार दुर्घटना हुदाँ डा. बिपल्ब भट्टको मृत्यु
पोखरा, १४ भदौ/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृुत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार दुर्घटनामा परेको हो । गएराती करिब १ः३० बजे कार अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोुक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा विपल्व भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उनको राति २ नै मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

तीज गीतमा पर्यटन व्यवसायीको पीडा

तीज गीतमा पर्यटन व्यवसायीको पीडा
पोखरा, १३ भदौ / कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् । विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्षा अनुरुप पाहुना नआउँदा व्यवसाय धरासायी भएको पीडालाई उनले मंगलबार तीज भाकामार्फत प्रस्तुत गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले लेकसाइडको बाराहीघाटमा भदौ १० र ११ मा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सवअन्तर्गत तीज गीत प्रतियोगितामा उनी अध्यक्ष रहेको सञ्जिवनी नारी समूह सहभागी थियो । उनले पर्यटन… पुरा पढौ