पेट्रोलको मूल्य रेकर्ड, पोखरा कति पुग्यो ?

-


     क्लिक गण्डकी     
     चैत्र २० गते २०८२ मा प्रकाशित


oil

पोखरा, २० चैत/ पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी मूल्य वृद्धि गरेको हो । पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार पेट्रोल अहिले सम्मकै सबै भन्दा बढि मूल्य हो । यस अगाडी २०७९ असारमा पेट्रोलको मूल्य १९९ पुगेको थियो भने डिजेलको मूल्य १९२ पुगेको थियो । बिहीबारको मूल्य बृद्धि पछि नेपालमा पेट्रोलको मूल्य २०२ पुगेको छ भने डिजेलको मूल्य १८२ पुगेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य वृद्धि गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निगमले पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा २०१ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा २०२ रुपैयाँ तोकेको छ ।

डिजेल/मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १८१ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८२ रुपैयाँ तोकेको छ ।

मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक ११ अर्ब ७१ करोड घाटा पर्ने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३४.३६, डिजेलमा १२०.५४ र खाना पकाउने ग्यासमा ४१६.३७ रुपैयाँ घाटा रहेको छ । सोही कारण पेट्रोलियम पदार्थको खपतमा मितव्ययिता अपनाउन निमगले आग्रह गरेको छ ।

घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

वर्षपेट्रोल मूल्य (रु/लिटर)
200035
200236
200550
200875
201082
201299
2014120
2015104
201699
2018110
2019113
2020102
2021136
2022199
2023175
2024175
2025160
2026202



Tags: