मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल तर्फ

-


     क्लिक गण्डकी     
     फागुन १८ गते २०८२ मा प्रकाशित


मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल तर्फ

मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल तर्फ

पोखरा, १८ मंसिर/ फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू कास्कीका मतदान स्थलमा लगिएका छन् । कास्कीका दुर्गम ठाउँहरूमा आइतबार नै लगेका थिए भने नजिकका क्षेत्रमा सोमबार लगेका छन् ।

निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । उनले आज नै सबै जना मतदानस्थलमा पुगेर सूचना निकाल्ने काम गर्ने गरेको बताए ।

उनले निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । निर्वाचनकाका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु बुझेर मतदान अधिकृत सहित सुरक्षा निकाय मतदान केन्द्र पुगेका हुन् ।

कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । तीमध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष र १ लाख ६० हजार १ सय ५३ महिला तथा ४ जना अन्य मतदाता छन् । जिल्लाभर १ सय ५५ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र तोकिएको छ ।

एउटा केन्द्रमा स्वयम सेवक सहित ११ जना कर्मचारी खटिने छन् । कास्की मा २१ सय ८४ जना कर्मचारी खटिएका छन् । निर्वाचनमा खटिएका कर्मचारी सोमबार नै मतदान केन्द्रमा पुगेर सुचना टास गर्ने छन् ।

गण्डकी प्रदेशका १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवार सहित २ सय ३४ जनाले उम्मेदवारी दिएका छन् । सबै जिल्लामा निर्वाचन सामग्री लगिसकेको छ । फागुन २१ बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका हुनेछ ।