पोखराको लेकसाइडमा ३ घण्टादेखि बम भनेर तर्साएको झोला

-


     क्लिक गण्डकी     
     फागुन १९ गते २०८२ मा प्रकाशित


पोखराको लेकसाइडमा ३ घण्टादेखि बम भनेर तर्साएको झोला

पोखराको लेकसाइडमा ३ घण्टादेखि बम भनेर तर्साएको झोला

पोखरा / पोखराको लेकसाइडमा भेटिएको शंकास्पद बस्तु भनिएको झोलामा कृत्रीम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भेटिएको छ । करिव ३ घण्टासम्म शंकास्पद बस्तु भनेर स्थाीय त्रसित भएका थिए ।

नेपाली सेना आएर डिस्पोजका क्रममा सिमोन सहितको नाइट्रोजन भेटिएको हो । डिस्पोजकै क्रममा भिडियो भाइरल भएपछि झोलाका धनी सोही ठाउँमा आइपुगेका थिए ।

एक ब्यक्तिले करिब ११ बजे झोला राखिदिन भन्दै टेलर्समा राखेका थिए । उनी निस्किने बित्तिकै झोलाबाट धुवाँसहित गन्ध आएपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली आएको थियो।