टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०८२ मा प्रकाशित


टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

पोखरा, २७ पुष / ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले तीन पत्रकार सम्मानीत गरेको छ ।

३२ औँ साधारण सभाको अवसरमा टान गण्डकीले पोखरामा रहेर सक्रिय पत्रकारीता गर्ने पत्रकारलाई सम्मान गरेको हो । पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्‍याउने ती पत्रकार नगर पुरस्कारसहित सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा पत्रकार विमल तिवारी, सुमन ढुङ्गाना र सागर ढकाल रहेका छन् । उनीहरूको पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको थियो ।

सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।