
पोखराको फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी
पोखरा, २५ पुस/ फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवाद चर्किएको छ । स्थानीयले वडा कार्यालयमा ताला लगाएपछि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयहरुले जीउज्यानको सुरक्षा माग्दै दबाब दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका थिए ।
वडामा ल्यान्डफिल साइट राख्ने निर्णयको विरोधमा स्थानीयहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका थिए । स्थानीय अजय थापा आफ्नो वडामा फोहोर ल्याउने निर्णय भएको रहेछ । त्यसको विरोधमा जनता र बासिन्दाहरु सबै त्यहाँ जम्मा भएका थियौं । यहाँ फोहोर महिला नल्याउने सबैको माग छ ।’
पोखरा महानगर–३३ मा प्रशोधन केन्द्र बनाउने सम्झौता भएको छ । मंसिर २ गते भएको सम्झौता अनुसार २०८४ माघमा प्रशोधन केन्द्र निर्माण भइसक्नुपर्छ । यसअघि उनीहरूले महानगर, प्रशासन र सांसदहरुलाई समेत भेटेर आफ्ना समस्या सुनाएका थिए ।





