
बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो
पोखरा, १८ पुस/ बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा धावन मार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ ।
काठमाडौंबाट ५१ जना यात्रु बोकेर भद्रपुर पुगकको बुद्ध एयरको ९ एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको हो ।
जहाजमा सबै यात्रुको सकुशल उद्धार भएको छ भने जहाजमा आगलागी भएको छैन ।





