समाचार

फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला

फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला
पोखरा, ११ साउन/ फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य रहेका छन् । कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत… पुरा पढौ

पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
पोखरा, ११ साउन/ पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२७ रठ्ठेपानी निवासी जंगे सार्कीलाई प्रहरीले श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको हो । रिठ्ठेपानीको सुकुम्बासी टोलमा बस्दै आएकी श्रीमती जमुना नेपाली साउन ८ गते मृत अवस्थामा भेटिएकी थिईन् । शव सडेर दुर्गन्धित भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए । प्रहरीका अनुसार साउन ६ गते श्रीमान श्रीमतीबीच जग्गा बेचबिखनका… पुरा पढौ

पोखराबाट ७६ लाख नगद सहित ३ जना पक्राउ

पोखराबाट ७६ लाख नगद सहित ३ जना पक्राउ
पोखरा, ११ साउन/ करिब ७६ लाख नगद सहित पोखराबाट ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले बिदेशी मुद्राको अबैध कारोबारमा संलग्न उनीहरु पक्राउ गरेका जानकारी दिएको छ । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको आइतबार पत्रकार सम्मेलन गरी कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । शनिबार साँझ ५ बजे प्रहरीमा सूचना आएपछि छापा हानेको हो । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर न।पा। १३, हाटबजारका महमुदिन एम अहमद, झापा… पुरा पढौ

टुँडिखेल तीज महोत्सव भदौ ६ गते देखि

टुँडिखेल तीज महोत्सव भदौ ६ गते देखि
पोखरा, ११ साउन/ हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब,… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडमा वडा युवा परिषदको सहकार्य, स्वयंसेवक व्यवस्थापनमा अग्रसर

पुम्दी–भुम्दी पर्वतीय दौडमा पोखरा २२ को वडा युवा परिषदको सहकार्य, स्वयंसेवक व्यवस्थापनमा अग्रसर
पोखरा, १० साउन/ पोखरा महानगरपालिका–२२ मा आउँदो असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं. २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ । प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो । परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच हालै सम्पन्न सहमति पछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागिता सहित जोडिने भएको हो। सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका… पुरा पढौ

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा, १० साउन/ गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति रहेका थिए । विसं २००६ मा कास्कीको माछापुच्छ्रे… पुरा पढौ

घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको ट्रयाक खोलेको २१ बर्षपछि बल्ल कालोपत्रे हुने

घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको ट्रयाक खोलेको २१ बर्षपछि बल्ल कालोपत्रे हुने
पोखरा, ९ साउन/ कास्कीको माछापुच्छे« गाउँपालिका–७ घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शुक्रबार शिलान्यास गरे । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक २ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो । सडक निर्माणका लागि एमएस इकेके–एमसिएसपीएल–बिबिआर जेभिले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री… पुरा पढौ

लुम्लेमा भारी वर्षा हुदाँ पोखरामा अघिल्लो वर्षको भन्दा आधा कम वर्षा

वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी
सागर राज तिमिल्सिना/ मधेष प्रदेशमा पानी नपेरका कारण खडेरी परेको छ । सरकारले मधेष प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्लेमा भने अघिल्लो वर्षको दोब्बर बढि पानी परेको छ । पोखरामा भने अघिल्लो वर्षको तुलनामा आधा भन्दा कम वर्षा भएको छ । जल तथा मौषम विज्ञान पोखराका अनुसार जुन र जुलाईको तथ्याङ अनुसार लुम्लेमा पानी बढी पर्दा पोखरा बजारमा भने कम परेको छ । अघिल्लो वर्ष यी दुई महिनामा लुम्लेमा २ हजरा १… पुरा पढौ

पोखरामा पनि अचाक्ली गर्मी बढ्यो

पोखरा, ८ साउन/ हुन यो बेला झमझ पानी परेको हुनु पर्ने हो तर चकमन्न घाम लागेर पोखरामा सबैलाई गर्मी महशुस गराएको छ । पोखरामा केही दिन देखी अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा पनि कतै पानी परेको छ भने कतै गर्मी छ । वर्षा याम भएपनि वर्षा हुन नसक्दा गर्मी बढेको हो । बिहीबार जल तथा मौसम विज्ञान विभाग पोखराको तापक्रम ३२ डिग्रि देखी ३४ डिग्रि हुने अनुमान गरेको छ । अहिले दिउसोको तापक्रम सोही अनुसार चलेको बताएको… पुरा पढौ

ध्वनी प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने बैदाम डिएसपी भट्टराईको चेतावनी

ध्वनी प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने बैदाम डिएसपी भट्टराईको चेतावनी
पोखरा, ७ साउन/ वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराइले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् । साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराइले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न ट्राफिक प्रहरी सगँ सम्मन्वय गरेर कारवाही आगडी बढाउने बताए । सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराइले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए । भट्टराईले पर्यटकीय क्षेत्र… पुरा पढौ