टाइटन घडीको पोखरामा स्टोर सञ्चालनमा

-


     क्लिक गण्डकी     
     मंसिर २ गते २०८२ मा प्रकाशित


टाइटन घडीको पोखरामा स्टोर सञ्चालनमा

टाइटन घडीको पोखरामा स्टोर सञ्चालनमा

पोखरा, १ मंसिर/ विश्वको पाँचौं ठूलो घडी निर्माता टाइटन कम्पनी लिमिटेडले पोखरामा एक्सक्लुसिभ ब्रान्ड स्टोर शुरु गरेको छ ।

पोखरा ट्रेड मल, चिप्लेढुंगामा खुलेको यो स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र कम्पनीका इन्टरनेशनल अपरेशन्सका बिजनेस म्यानेजर वसन्त वासुदेवनले उद्घाटन गरे ।

नयाँ स्टोरमा १००० भन्दा बढी घडीहरू उपलब्ध छ । जसमा पुरुष, महिला तथा युवाहरूका लागि फरक–फरक कलेक्शन समावेश छन्।

टाइटनका प्रिमियम मोडेलदेखि फास्ट्र्याकका युवा केन्द्रित डिजाइन, राग अन्तर्गत महिलाहरूका लागि गहना शैलीका घडी, टाइटन स्टेलरको आकाशीय–थीमयुक्त मोडेल तथा अत्याधुनिक स्मार्टवाचहरूलाई स्टोरमा पाइने छन् ।

घडीहरूको मूल्य ३५ सय देखी ६० हजार सम्मका रहेको नेपालमा टाइटनका आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले जानकारी दिए ।

आकर्षक डिजाइन र उत्पादनहरूको फराकिलो दायराको साथ, यस स्टोरले उत्कृष्ट खुद्रा अनुभव प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । पोखरा पहिलो स्टोर हो भने नेपालको ११ औ स्टोर हो । उद्घाटनका अवसरमा कम्पनीले १० प्रतिशत छुट दिएको उनले बताए ।

https://www.facebook.com/reel/2457640057964368