
बसन्त दवाडी
पोखरा, १ मंसिर/ पोखराका पर्यटन व्यवसयाी बसन्त दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
५७ वर्षिय दवाडी नेपाली पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासको अग्रणी व्यक्तित्व थिए ।
नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (ना)का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ गण्डकी च्याप्टर (टान)का पूर्व अध्यक्ष थिए ।
उहाँकै सक्रियतामा माछापुच्छ्रे गाउँपालिकामा आमा प्रतिष्ठान नेपाल स्थापना भएको छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए ।





