ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


जेनजी आन्दोलनमा ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

जेनजी आन्दोलनमा ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

पोखरा, २० कात्तिक/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरबाट अनुसन्धानका लागि राखिएको मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमध्ये एक मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति पोखरा महानगरपालिका–१७, दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङ रहेका छन्। उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धान तथा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको मोटरसाइकल चोरी भएको थियो ।

हाल तामाङलाई चोरी आरोपमा नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।