
तरकारी लिन स्याङ्जा जादै गरेको जिप लेखनाथस्थित तालचोकमा दुर्घटना
पोखरा, २४ मंसिर / तरकारी लिन स्याङ्जा जादै गरेको एउटा जिप आज बिहानै पोखरा महानगरपालिका २९ को लेखनाथस्थित तालचोकमा दुर्घटना भएको छ।
काठमाडौबाट तरकारी लिन स्याङ्जा जादै गरेको गाडी पोखरा २९ तालचोकमा दुर्घटना भएको हो । गाडी बाटोबाट नालमा खसेको छ । मानवीय क्षति भने भएको छैन ।





