
ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना मोटरसाइकल चालक पक्राउ
पोखरा, १९ मंसिर/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने, सार्वजनिक स्थानमा आतंकित पार्ने र चेकजाँचका क्रममा प्रहरीसँग वादविवाद तथा झैझगडा गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले साइलेंसरमा हेरफेर गरी ठूलो आवाज निकाल्ने, सडकमा होहल्ला मच्चाउने तथा शान्ति–सुरक्षामा बाधा पुर्याउने गतिविधि गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ग २१ प ६१७१, लु ३० प ५५६१, ग २० प २९२२ र ग १५ प २०४७ नम्बरका मोटरसाइकल र चालकलाई पक्राउ गरेको जनाएको छ । मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो पटक सञ्चालन गरेको अभियानबाट १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिसकिएको कास्की प्रहरीले जनाएको छ।





