चालक सहित म्याग्दीको खहरेखोलामा ट्याक्सी खस्यो

-


     क्लिक गण्डकी     
     मंसिर २३ गते २०८२ मा प्रकाशित


चालक सहित म्याग्दीको खहरेखोलामा ट्याक्सी खस्यो

चालक सहित म्याग्दीको खहरेखोलामा ट्याक्सी खस्यो

पोखरा, २२ मंसिर/ चालक सहित म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङ्गको खहरेखोलामा ट्याक्सी खसेको छ ।

बेनी–दरवाङ सडकको रणवाङदेखि बाबियाचौरतर्फ जादै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा चालक मृत भेटिएका छन् ।

ट्याक्सीका चालक रणवाङका ३७ वर्षीय सुजन सेन सव म्याग्दी नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चलक सहित ट्याक्सी खहरेखोलामा खसेको खबर पाउनासाथ शसस्त्र प्रहरीको नारच्याङमा रहेको विपद् व्यवस्थापन बेस क्याम्पबाट आएको गोताखोरको टोलीले नदीभित्र डुबेको ट्याक्सी भेट्टाएका थिए ।

सडकबाट उछिट्टिएर करिब एक सय ५० मिटर तल नदीमा पुगेको ट्याक्सीका चालकको शव किनारमा भेटिएको थियो भने, सिसा र केही पाटपुर्जा पाखोमा थिए ।