पोखरामा बुद्ध एयरको विमानमा चराको ठक्कियो

-


     क्लिक गण्डकी     
     मंसिर १४ गते २०८२ मा प्रकाशित


बुद्ध एयर

बुद्ध एयर

पोखरा, १३ मंसिर/ बुद्ध एयरको काठमाडौंबाट पोखरा आउदै गरेको विमानमा पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ ।

बुद्ध एयरले विमानसँग ठोक्किएको एटीआर–७२ विमान धावनमार्गको पूर्वी भाग रनवे अवतरण गर्दै गर्दा गिद्द ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको बुद्ध एयरले जानकारी दिएको छ ।

विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुन गर्ने जनाएको छ ।



Tags: