पोखरामा जुवातास खेल्ने ७ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०८२ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १६ कात्तिक/ पोखरा महानगरपालिका–२४ हेम्जाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले शनिबार छापा मार्दा जुवातास खेलिरहेका र खेलाउने गरी ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ७३ हजार नगद, ४ बुक तास र अन्य जुवा–जन्य सामग्रीहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हाल पक्राउ परेकाहरूमाथि सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



This will close in 10 seconds