
टान गण्डकी र चुमनुब्री गाउँपालिकाका अध्यक्ष बिच मनास्लु पदमार्गबारे छलफल
पोखरा, ३१ असोज/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सगँ मनास्लु पदमार्गका बारेमा छलफल गरेको छ ।
कार्यक्रममा मनास्लु पदमार्गको पर्यटन सम्भावना, चुनौती र समाधानबारे छलफल गरेका थिए ।
टान गण्डकी अध्यक्ष कृष्ण आचार्यले मनास्लु क्षेत्रमा सूचना अभाव, पथप्रदर्शकहरूको तालिमको कमी, गुणस्तरीय सेवाको अभाव, र उद्धार प्रणालीमा जटिलता रहेको बनाउदै त्यसको समाधानका लागि टान गण्डकी र गाउँपालिका मिलेर अगाडी बढ्नु पर्ने बताए । त्यसै गरी पथप्रदर्शक र पोर्टरहरूको बीमा र सुरक्षालाई सुदृढ गर्न सुझाब दिएका छ।
त्यसै गरी चुमनुब्री गाउँपालिकाले विदेशी पदयात्रीलाई १ हजार र नेपाली पदयात्रीबाट २ सय शुल्क उठाउने प्रणालीलाई झन्झटिलो बताउँदै, एकद्वार प्रणाली मार्फत अनुमति प्रदान गर्ने व्यवस्था गर्नु पर्ने बताए ।
उनले टान गण्डकीले आगामी दिनमा गाउँपालिका, पर्यटन मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै मनास्लु क्षेत्रमा दिगो र जिम्मेवार पर्यटन विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसै गरी ७० औं मनास्लु आरोहण दिवस आगामी मे ९, २०२६ मा चुमनुब्रीमा मनाउने गरी छलफल भएको छ ।





