पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरू पुजा, कुकुरले देखाए कला

-


     क्लिक गण्डकी     
     कार्तिक ४ गते २०८२ मा प्रकाशित


पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरू पुजा, कुकुरले देखाए कला

पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरू पुजा, कुकुरले देखाए कला

सागर राज तिमिल्सिना
पोखरा, ३ कात्तिक/ पाँच दिनसम्म मनाइने नेपालीहरुको पर्व तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर मनाइएको छ । यस दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिने गरिन्छ । पोखराका पनि प्रहरीले कुकुरको विषेश पुजा गरेको छ ।

पाँच दिनसम्म मनाइने नेपालीहरुको पर्व तिहारको दोस्रो दिन गण्डकी प्रदेश प्रहरी कार्यालयका कुकुरको विषेश पुजा भएको छ । तिहारको दोस्रे दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिने गरिन्छ । पोखराका पनि प्रहरीले कुकुरको विषेश पुजा गरेको हो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका नेपाल प्रहरीका तालिम प्राप्त कुकुरलाई लिन्छ ।

पूजाको साथै कुकुरहरुलाई मिठामिठा परिकारहरु समेत खुवाइएको छ । कुकुरहरुलाई माला पहिराई मिठा खाने कुराहरु प्रदान गरे । कुकुरहरू अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, विस्फोटक पदार्थ पत्ता लगाउने, खोजतलास, र सुरक्षा कार्यमा प्रयोग गरिएको प्रहरी निरिक्षक मनोज केसीले बताए ।

प्रहरी अधिकारीहरूका अनुसार, कुकुरहरू सुरक्षामा अमूल्य योगदान दिने गरेका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुसार कुकुरलाई अनुसन्धानका लागि लगिएको छ । गण्डकी प्रदेशको पोखरा कार्यालयमा ९ वटा कुकुरहरु छन् । यस वर्ष लम्जुङ र तनहुँमा १२ पटक कुकुर प्रयोग गरेर अनुसन्धान गरेको प्रहरीको केसीको भनाई छ ।

नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुर छन् । हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन चल्दै आएको छ ।

कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पाल्दै आएको छ । इमानदारीपूर्वक घरको सुरक्षामा खटिने हुनाले पनि कुकुरको पूजा घर घरमा पनि गरेका छन् ।