
पोखरामा नेपाल प्रहरीको पेट्रोल पम्प संचालनमा
पोखरा, ९ असोज/ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, पार्दीको हाताभित्र नवनिर्मित नेपाल प्रहरी नमुना पेट्रोल पम्प संचालनमा आएको छ ।
मंगलबार देखि नियमित रुपमा सवारी इन्धन (डिजल र पेट्रोल) को बिक्री वितरण सुरु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
नेपाल प्रहरीले करिब ९ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा पेट्रोल पम्प निर्माण गरेको जनाएको छ । ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ ले निर्माणको ठेक्का पाएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय कल्याणकोष नक्सालबाट सञ्चालित यो कार्यालय हाताभित्र पेट्रोल पम्प निर्माण सुरुआतमा भने मुद्दा मामिला झेल्नुपरेको थियो ।
नागरिक समाजले नेपाल राष्ट्र बैंकको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत रहेकोमा सुरक्षा संवेदनशीलता देखाउँदै निर्माण रोक्न माग गरी अदालतमा रिट समेत हालेको थियो ।





